दाङ चेम्वर अफ कमर्शका अध्यक्ष विरुद्ध जिल्ला प्रशासनमा मुद्धा दर्ता, जवरजस्ति कार्यालयको ताला फोडि कार्यालयको कागजात हिनामिना गरेको आरोप

२०७६ जेष्ठ २८, मंगलवार १६:१६ मा प्रकाशित

घोराही, जेठ २८ । दाङ चेम्वर अफ कमर्शका अध्यक्ष दिपक सुवेदि विरुद्ध जिल्ला प्रशासन कार्यालय दाङमा मुद्धा दर्ता भएको छ । सुवेदि विरुद्ध जवरजस्ति कार्यालयको ताला फोडि कार्यालयको कागजात हिनामिना गरेको आरोप लगाईएको छ ।

SPONSORED

चेम्वरवाट श्रीधर महरा, वलदेव योगि, घनश्याम अधिकारी, विकास अग्रवाल, कुमारराज श्रेष्ठ, विनोद पाण्डे, मुक्ती खरेल, हरी वन्जाडे, यमलाल घिमीरे, लक्ष्मी अधिकारीले संयुक्तरुपमा हस्ताक्षर गरेर मंगलवार जिल्ला प्रशासन कार्यालय दाङ पुगेर मुद्धा दर्ता गरेका हुन् ।

यस वारेमा दाङका प्रमुख जिल्ला अधीकारी गोविन्द रिजालले उजुरी परेको र उजुरी उपर छानविन हुने बताए ।

SPONSORED