अधिवेशनलाई लिएर दाङ चेम्वरको विवाद छताछुल्ल–विवादले उग्ररुप लिएपछि चेम्वरको कार्यालय तोडफोड, कार्यालयमा अर्को ताला लगाइयो

२०७६ जेष्ठ २७, सोमबार २१:४६ मा प्रकाशित

घोराही, जेठ २७ । दाङ चेम्वर अफ कमर्शको पछिल्लो जिल्ला अधिवेसन र घोराहीको खुलेको सस्तो पसलको विषयलाई लिएर विवाद चर्किरहेको वेला चेम्वर अफ कमर्शमा कार्यालय तोडफोड भएको छ । चेम्वरका जिल्ला पदाधिकारीहरुले चेम्वरको कार्यालयमा तोडफोड गरीएको दावि गरेका छन् ।

चेम्वरका सचिव कुमारराज श्रेष्ठले कार्यालय तोडफोड गर्नुक ासाथै कार्यालयमा नयाँ ताला लगाईएको बताए । उनले कार्यालयमा भएको तोडफोडको घटनाको विरोध गर्दै यस घटनाको सत्य तथ्य छानविनका लागि चेम्वरको पदाधिकारी बैठक बसेर जिल्ला प्रशासन कार्यालयमा किटाणि जाहेरीसहीत उजुरी दिनेसमेत जानकारी दिए । उनले शनिवार विहान चेम्वरका जिल्ला अध्यक्ष र घोराही चेम्वरका पदाधिकारी तथा सदस्यहरु आएर कार्यालय तोडफोड गरेको दावि गरेका छन् । उनले कार्यालय तोडफोडपछि त्यहा रहेका महत्वपुर्ण निर्णयहरुसहीत माइन्युट बुकका वारेमा समेत आफुहरुले चासो ब्यक्त गरेको र पदाधिकारी बैठक बसेर यस वारेमा कसरी अघि बढ्ने भन्ने वारेमा निर्णय लिइने बताए । त्यस्तै चेम्वरका जिल्ला कोषाध्यक्ष विकास अग्रवालले पनि चेम्वरको कार्यालयमा लगाईएको ताला फोडेर अर्को ताला लगाईएको बताए ।

SPONSORED

त्यस्तै चेम्वरका जिल्ला कोषाध्यक्ष विकास अग्रवालले पनि चेम्वरको कार्यालयमा लगाईएको ताला फोडेर अर्को ताला लगाईएको बताए । त्यस्तै चेम्वरकै जिल्ला उपाध्यक्ष श्रीधर महराले आफु काम विशेषले नेपालगञ्ज भएको वेला यहाँ कार्यालय तोडफोड भएको खवर सुन्दा दुख लागेको बताए । उनले मगंलवार बैठक बसेर यो वारेमा निर्णय लिइने समेत बताए । यस वारेमा चेम्वरका जिल्ला अध्यक्ष दिपक सुवेदिलाई फोन सम्पर्क गर्दा फोन उठेन ।

SPONSORED

SPONSORED