स्वतन्त्र र निष्पक्ष पत्रकारीताले नै मुलुकको लोकतन्त्र वलियो–मुख्यमन्त्रि शंकर पोख्रेल

राज्य मिडियासँग टक्कर गरेर अघि बढ्दैन, मिडियामा पसेको भाइरसको उपचार गर्न विधेयकः मुख्यमन्त्री पोखरेल

दाङ – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले केन्द्र सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकबारे बारे सरकार र सञ्चार माध्यम बिचको समन्वयमा टुंगोमा पुग्नुपर्ने बताएका छन् ।

रेडियो मध्यपश्चिम दाङको १३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले मिडियालाई बलियो र सक्षम बनाउने जिम्मेवारी राज्यको भएको बताए ।

SPONSORED

उनले मिडियामा भाइरस पसेका कारण त्यसको उपचारको लागि मिडिया काउन्सिल विधेयक ल्याइएको दाबी गरे ।

SPONSORED

‘मिडियालाइ सक्षम बलियो बनाउने राज्यको भूमिका हो । मिडियामा भाइरस पस्यो भने त्यसले मिडियालाई असर गर्छ’, उनले भने,‘मिडियामा भाइरस पस्यो भने त्यसको उपचार खोज्ने कि नखोज्ने, त्यो भाइरसले मिडियालाई पनि असर गर्छ ।’

SPONSORED

उनले राज्य मिडियासँग टक्कर गरेर अघि नबढ्ने बताए । स्वतन्त्र मिडिया बिना लोकन्त्र बलियो हुन नसक्ने उनको भनाई थियो ।

मुख्यमन्त्री पोख्रेलले समाज रुपान्तरणमा रेडियोको भुमिका शसक्त रहेको बताए । पोख्रेलले सामाजिक र राजनितिक जागरणमा रेडियोको भूमिका शसक्त रहेको बता ए ।

रेडियो मध्यपश्चिमले सामाजिक, आर्थिक, राजनितिक सहित हरेक क्षेत्रको चौतर्फि विकासमा खेलेको योगदान प्रशसनिय रहेको चर्चा गर्दै मुख्यमन्त्री पोख्रेलले आवाजहिनको आवाज बन्ने सोचमा अडिक रहन सुझाब दिए ।

लोकतान्त्रीक राज्यलाई कमजोर पारेर लोकतन्त्र बलियो हुनै नसक्ने भन्दै उहाँले संचार क्षेत्रको विकासमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । प्रेस स्वतन्त्र भए मात्रै लोकतन्त्र दिगो र बलियो हुने उनको धारणा छ ।

सञ्चार क्षेत्रमा आएका बिकृतीलाई रोक्न पत्रकारहरु स्वयमले बसह र समिक्षा गर्नुपर्ने उनको भनाई छ । सरकार सञ्चार क्षेत्रलाई नियन्त्रण गरेर कमजोर पार्ने पक्षमा नरहेको समेत स्पष्ट पार्दै उहाँले सञ्चार क्षेत्रमा पसेको भाईरसलाई नियन्त्रण गर्नुको विकल्प नभएको पनि बताए ।

सञ्चार क्षेत्र सँग सरकार टकराव सृजना गर्नै नचाहेको उल्लेख गर्दै उनले सञ्चार क्षेत्रमा प्रबेश गरेको अराजकतालाई भने पत्रकारहरुले नै अघि सरेर रोक्नुपर्ने बताए ।

कार्यक्रममा विशिष्ठ अतिथी रेडियोका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले प्रेसलाई दण्ड बिधानको स्विकार्य नहुने बताए । प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर्न सरकारलाई आग्रह गर्दै उनले सत्य लेखेको भरमा कार्वाही भोग्ने कानुन मान्य नहुने बताए ।

पत्रकारीता जिम्मेवार पेशा भएको भन्दै त्यसको मर्म र जिम्मेवारीलाई पत्रकारहरुले अक्षरस पालना गर्नुपर्नेमा उनको जोड छ । सम्झाउने, बुझाउने र खण्डन गरेर अघि बढ्दै आएको नेपाली पत्रकारीतामा बिदेशी कानुनको नक्कल आबस्यक नभएको समेत स्पष्ट पारे । कार्यक्रमको सञ्चालन सचिव सुदर्शन रिजालले गरेका थिए । कार्यक्रम सञ्चालक समितिका अध्यक्ष सुशिल गौतमको अध्यक्षतामा भएको थियो भने धन्यवाद ज्ञापन पुर्व अध्यक्ष माधव शर्माले गरेका थिए ।