मुलुकमा द्वन्द्व कसैले चाहेको छैन, शान्ति, विकास र समृद्धि चाहीएको छ–डिआइजि अधिकारी

२०७५ चैत्र २७, बुधबार २२:२० मा प्रकाशित

जुनसुकै वहानामा कानुनसंग द्वन्द्व गर्न खोज्ने समुहलाई नियन्त्रणमा लिन प्रहरी सक्षम रहेकोमा जोड

घोराही, चैत २७ । प्रदेश ५ का प्रहरी प्रमुख डिआइजि पिताम्वर अधिकारीले अव मुलुकले शान्ति अमनचयन खोजेको भन्दै कानुनसंग द्वन्द्व गर्ने कुनै पनि समुहलाई नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेको बताएका छन् । अमर शहीद परीवारले वुधवार नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डिआइजि अधिकारीले लामो द्वन्द्व गुजारेर मुलुक विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै अव द्वन्द्वको आवश्यक्ता नरहेको बताए ।

उनले विभिन्न वहाना बनाएर समुहहरु अहिलेपनि कानुनसंग द्वन्द्व गर्न खोजेको भन्दै कानुन संग द्वन्द्व गर्ने समुहलाई राज्यले नियन्त्रणमा लिने बताए । सबै हिसावले मुलुकको शान्ति सुरक्षा कायम गर्ने जिम्मा नेपाल प्रहरीको काधमा रहेको भन्दै सुरक्षाको सवालमा कसैसंग सम्झौता नहुने पनि स्पष्ट पारे । नेपाल प्रहरी भएर समाज सेवा गर्ने विगतको मुल्यमान्यतालाई अहिले पनि सहीतवरवाट स्थापित गर्न अमर शहीद परीवारको महत्वपुर्ण भुमिका हुने भन्दै समाजमा द्वन्द्व नभई विकास र समृद्धिका लागि सामाजिक रुपान्तरणको आवश्यक्ताका पक्षमा आवाज उठाउनुपर्ने अधिकारीले विचार ब्यक्त गरे ।

SPONSORED

कार्यक्रमका विशिष्ट अतिथि दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले समाजमा केही समुह फेरी विवाद वा द्वन्द्व गर्न खोज्न सक्ने भन्दै त्यसलाई वेलैमा नियन्त्रण गर्न राज्य चनखो भएर बसेको पनि बताए । अवको मुख्य प्राथमीकता शान्ति, अमनचयनसंगै विकास र समृद्धि भएको भन्दै यसमा राज्यले आफ्नो चासो प्रकट गर्दै विधि र पद्धति अनुसार काम अघि बढाइसकेको पनि रिजालले बताए । सो अवसरमा नागरीक समाज दाङका संयोजक चन्द्रराज पन्त, जिल्ला प्रहरी प्रमुख एसपि वेलबहादुर पाण्डे, नेपालि काग्रेसका उपसभापति कमानसिँह भारति, राजमोका जिल्ला अध्यक्ष गणेश आचार्य, मानवअधिकारकर्मि विनोद केसि, जागरण अनलाइनका सम्पादक निशानदाजु भट्टराई, अमर शहीर परीवार सघर्ष समितिका पुर्व अध्यक्ष नवराज श्रेष्ठ, रोवरबहादुर बस्नेत लगाएतकाले द्वन्द्वकालिन समयमा आदेश पालनाकै सिलसिलामा कर्मथलोमा ज्यान गुमाएका सुरक्षाकर्मिहरुलाई सहीद घोषणा गराउन सफल भएकोमा खुसि ब्यक्त गरेका थिए । कार्यक्रममा अमर शहीद परीवारले आफुहरुको अभिभावकत्व राज्यले ग्रहण गर्नुपर्ने भन्दै राज्यकोतर्फवाट कर्तब्य पालनको सिलसिलामा ज्यान गुमाउने परीवारलाई शिक्षा, स्वास्थ्य, रोजगारी लगायत सबै कुराको ग्यारेन्टि गर्नुपर्ने माग गरे। अमर शहीद परीवारका जिल्ला अध्यक्ष उषा सुवेदिको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कमला चन्दले गरेकि थिइन् ।