दाङका एसपि पाण्डेले भने–विप्लवका गतिविधि नियन्त्रण गर्ने आदेश भएकाले कानुन विपरीत काम गरे समात्छौ’

२०७५ फाल्गुन २९, बुधबार २०:०७ मा प्रकाशित

घोराही, फागुन २९ । दाङका प्रहरी प्रमुख एसपि वेल पाण्डेले भोलि फागुन ३० गते गर्ने भनेको विप्लव नेतृत्वको नेकपाको नेपाल वन्दकोक्रममा दाङमा हुने वन्दका नाममा सो पार्टिका गतिविधि नियन्त्रण गर्ने बताएका छन् । विप्लव नेतृत्वको नेकपाको राके जुलुसदेखी सबै खाले गतिविधि नियन्त्रण गर्न प्रहरी सक्षम रहेको भन्दै विप्लवका नेता, कार्यकर्ताहरुको खोजिलाई पनि दाङ प्रहरीले ब्यापक पारेको बताए । उनले नियमित गस्ती, मोवाइल टोलि, पेट्रोलिङ गस्ति अन्य दिनको तुलनामा बढाईएको पनि जानकारी दिए । विप्लवका आपराधिक गतिविधिमा कुनै छुट नहुने र राज्यको निति पनि सोही किसीमको रहेको एसपि पाण्डेले बताए । जिल्ला सुरक्षा समितिको बैठकले पनि जिल्लाको शान्ति सुरक्षाको अवस्था मजवुत वनाउने र विप्लवका गतिविधि नियन्त्रण गर्न सबै खाले शक्ति प्रयोग गरीने बताए ।

उनले विप्लवका गतिविधि प्रहरीले नजिकवाट हेरीरहेको भन्दै उनिहरुको प्रस्तुति अनुसार सामना गर्न प्रहरी तयार रहेको पनि बताए । ‘पहिले जस्तो जे गरेपनि हुने अहिले हुँदैन, उनिहरुको प्रस्तुति अनुसार हामि सामना गर्न तयार छौ–एसपि पाण्डेले भने–वन्दका नाममा गलत गतिविधि गर्नेलाई तत्कालाई नियन्त्रणमा लिन्छौ, उनिहरु वन्दलाई विज्ञप्ति जारी गरेर नै सशक्त बनाउन खोज्छन् भने प्रहरी पनि वन्दका नाममा हुने जवरजस्ति सबै नियन्त्रण गर्छ ।’ उनले विगतमा जस्तो वन्दकाक्रममा तोडफोडमा उत्रिएको खण्डमा उनिहरुलाई प्रहरीले तत्कालै समाउनेसमेत चेतावानि दिए ।

SPONSORED

उनले भोलिको वन्दको समयमा जिल्लाको सुरक्षा अवस्था कडा पारीएको पनि बताए । उनले वन्दको समयमा अन्य दिनको तुलनामा सडकमा ब्यापकरुपमा प्रहरी परीचालन हुनेपनि जानकारी दिए । प्रहरीले सडकमा आएर विप्लवका कार्यकर्तालाई वन्द गर्न नै नदिने भन्दै लुकिछुपि हुने गलत कृयाकलाप नियन्त्रण गर्न सादा र ड्रेसमा छुट्टा छुट्टै प्रहरी परीचालन गरीएको पनि एसपि पाण्डेले बताए । उनले राजमार्ग र घटना हुने सम्भावित क्षेत्रमा प्रहरीको उपस्थिती बढाउने पनि बताए ।