दाङमा कार्तिकदेखी हालसम्म अवैध नदिजन्य उत्खनन् गर्ने १ सय २३ सवारीसाधनमाथि कारवाही

२०७५ माघ १३, आईतवार २३:२५ मा प्रकाशित

घोराही, माघ १३ । अवैध नदिजन्य उत्खनन् गर्ने ३ वटा ट्याक्टर दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । दाङका प्रहरी प्रमुख एसपि वेलप्रशाद पाण्डेले तुलसीपुर उप–महानगरपालिका ८ पातुखोला रग्वारखोला स्थित रा१त २३२४, रा१त १६१७ र रा१त १९०० नं को ट्याक्टरहरुले गैह्र कानूनी रुपमा उत्खनन् गरी लगिरहेको अवस्थामा फेला पारी उक्त ट्याक्टरलाई आवश्यक कारवाहीको लागी नियन्त्रणमा लिएको जानकारी दिनु भयो ।

एसपि पाण्डेले कार्तिक २६ गते देखि हाल सम्म जिल्लाका विभिन्न स्थानहरुवाट अवैध नदीजन्य पदार्थ ओसार पसारमा संलग्न रहेका सवारी साधनहरुलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागी जिल्ला समन्वय समितीको कार्यालयमा वुझाइएको र पछिल्ला दिनहरुमा प्रहरी कारवाहीका कारण नदीजन्य वस्तुको गैह्रकानूनि उत्खनन् तथा ओसार पसारमा उल्लेखनियरुपमा कमी आएको दावि गरेका छन् । एसपि पाण्डेले अवैध नदीजन्य पदार्थ ओसार पसारमा संलग्न रहेका १ सय २३ सवारी साधनहरुलाई नियन्त्रणमा लिई कारवाही गरीएको जानकारी दिनु भयो । प्रहरी अनुसार हालसम्म ट्याक्टर ११५, टिप्पर ३ र जेसिभि ५ गरेर १ सय २३ सवारी साधन कारवाहीमा परेका हुन् ।

SPONSORED