घोराहीको सडक निर्माणलाई छिटो अघि बढाएर चर्चामा रहेका निर्माण ब्यवसायि इश्वर पुन

२०७४ चैत्र ९, शुक्रबार १३:१८ मा प्रकाशित

बैशाखभित्रै घोराहीको सिटि प्लाजादेखीको सडक निर्माण गरेर बुझाउने निर्माण ब्यवसायि पुनको प्रतिवद्धता

जीतसागर जीएम
घोराही, चैत ९ ।
करिब ४ वर्ष अघि निर्माण थालिएको घोराहीको कटुलाखोला पुल देखी तुलसीपुचोक सम्मको ४ लेन सडक विस्तारले गति लिएको सडक डिभिजन कार्यालयले दावि गरेको छ । प्रदेश टुडे संग कुरा गर्दै डिभिजन प्रमुख बद्रीप्रसाद शर्माले अहिले सडक निर्माणको कामले गति लिएको दावी गरेका छन् ।

शर्माले अहिले २ वटा निर्माण कम्पनिलाई ठेक्का दिएको भन्दै अब २÷३ महिनामै निर्माण कार्य सम्पन्न हुने दावी गरे । अहिले थप गरिएको म्याद कहिले सम्म भन्ने प्रश्नको जवाफमा यसबारेमा ठ्याक्कै भन्ने छैन जे होस यो वर्षामा नागरिकले सास्ती पाउनुपर्दैन ।

SPONSORED

उनले कटुवाखोलादेखि सिटीप्लाजा सम्म कान्छाराम शंकरमाली र सिटी प्लाजादेखि लुम्बीनी जलजला कम्पनीलाई ठेक्का दिएको बताउँदै काम छिटो हुने विश्वास व्यक्त गरे । उनल भने–“ आँउदैन, पहिलेको जस्तो हुँदैन , अहिले काम तिब्ररुपमै अघि बढेको छ ।” सो सिटि प्लाजादेखीको सडक निर्माणको जिम्मा पाएका जलजला निर्माण सेवा प्रालिका सञ्चालक इश्वरबहादुर पुनले आउने असारसम्म सकि सक्ने जिम्मा पाएपनि निर्धारीत समयभन्दा दुई महीना अगाडि नै काम गरीसक्ने बताए । ए क्लासका निर्माण ब्यवसायि पुनले दाङसहीत विभिन्न ठाउमा पुल, पुलेसासहीत सडक कालोपत्रे काम गरीरहेको भन्दै केही काम सकेर हस्तान्तरण गरीसकीएको र न्युन योजनाका काम भइरहेको बताए । पुनसंग सबै निर्माणका लागि चाहीने औजार, उपकरणहरु पनि भएकाले आफुलार्ई बजेट समयमै निकासा भएमा काम गर्न कुनै समस्या नहुनेसमेत बताए ।

SPONSORED

आफुले जिम्मा पाएको सडकमा लोडर, जेसिभि, स्काभेटरले गर्ने कामहरु भइरहेको र आधाभन्दा बढि काम भएको पुनले दावि गरे । तर, अन्य सडकखण्डभन्दा पुनले छिटो भन्दा छिटो काम गरीरहेका छन् । सो आसपासमा बस्ने स्थानियले पनि यही तरीकाले काम भएमा निर्धारीत समयभन्दा अगावै काम सकिनेसमेत चर्चा गर्न थालेका छन् । पुनले इच्छाशत्ति भएमा काम गर्न सकिन्छ भनेर उदाहरणसमेत बनेका छन् । नम्र स्वभाव र अत्यन्तै सहयोगि रहेका पुनले ग्राभेलको काम सिद्धिएको र अव केही प्राविधिक काम सकिएमा पिच हाल्ने काम सुरु हुनेसमेत बताए । उनले निर्धारीत समय असार भएपनि बैशाखमा नै काम सक्नेसमेत जानकारी दिएका छन् । उनले आफुले गरेको काम अनुसारको भुक्तानि नभएकोमा गुनासो गरेका छन् । आधाभन्दा बढि काम भइसकेको र अन्य काम गर्नका बजेट आवश्यक्ता पर्ने भएकाले बजेटको कमि नभएमा बैशाखभित्रै कुनै पनि हालतमा उक्त सडक पुरा गरेर सम्वन्धित निकायलाई हस्तान्तरण गर्नेसमेत दावि गरे । राज्यको दोहोरो कानुनको मारमा निर्माण ब्यवसायिहरु परेको र राज्यले दाङको मुख्य सडक घोराही–तुलसिपुर सडकखण्डको सडक निर्माणमा बजेटको कुनै कमि नहुने र काम अनुसारको भुक्तानि गर्ने ब्यवस्था मिलाइदिनुपर्ने पुनको भनाई छ । उनले सित्तिमित्ती आफुले कुनै पनि योजनाको म्याद थपका लागि पहल नगर्नेसमेत बताए । १८ वर्षदेखी निरन्तर निर्माण ब्यवसायको क्षेत्रमा लागेको र सरकारले विकास निर्माणको जिम्मा दिएको र यसमा ब्यवसायसंगै योगदान गर्न पाएकोमा निकै खुसि भएको बताए । उनले विजौरी मलवार सडक, घोराही, हर्नक सडक, राइ खल्याण गौरीगाँउ सडक लगायतका विभिन्न सकड ग्राभेलदेखी पिच गर्ने काम भइरहेको भन्दै आफुले निर्धारीत समयमै योजना पुरा गर्न लागिपर्ने गरेको बताए । यता, दाङ निर्माण ब्यवसायि संघका महासचिव शोकबहादुर रोका मगरले जलजला निर्माण सेवा प्रालिका सञ्चालक इश्वरबहादुर पुनले अलपत्र अवस्थामा रहेको घोराही तुलसिपुर सडकखण्डमा सिटि प्लाजादेखीको सडक निर्माण गर्ने कार्यलाई दु्रत गतिमा अघि बढाएकोमा आफु र संस्थागतरुपमै दाङ निर्माण ब्यवसायि संघ खुसि रहेको बताए ।

SPONSORED

उनले उक्त सडक खण्डमा काम नहुँदा निर्माण ब्यवसायिहरुप्रति सबैले औला ठड्याउने काममात्रै भएको भन्दै अहिले पुनले जिम्मा लिएको काम इमान्दारीता र जिम्मेवारीवोध गरेर जति सक्यो चाडै टुंङग्याउने गरी काम गरेकोमा धन्यवाद दिए । राम्रा–राम्रो निर्माण ब्यवसायिहरुले निर्धारीत समय अगावै गुणस्तरीय काम गरेर सम्वन्धित निकायलाई योजना हस्तान्तरण गर्ने गरेको उदाहरणहरु रहेको भन्दै यस्ता निर्माण ब्यवसायिलाई सबैले प्रोत्साहीत गर्नुपर्ने बताए । उनले पुन ए क्लासको निर्माण ब्यवसायि भएको र कामहरु असाध्यै राम्रो ढ्रंगवाट गर्ने गरेको भन्दै जलजला निर्माण सेवाको असाध्यै प्रसंसा ब्यक्त गरेका थिए ।

तर सडक निर्माणको काम सुस्त गतिमा गएको नागरिकले बताएका छन् । लामो समयसम्म निर्माणकार्य सम्पन्न हुन नसक्दा स्थानियवासीहरु मात्रै होईन दैनिक घोराहीमा ओहोरदोहोर गर्ने पैदयात्री, विरामीलाई सास्ती भएको छ । उनिहरुले समयमै काम सम्पन्न नहुँदा नागरिकको स्वस्थ्यलाई गम्भिर असर पारेको बताएका छन् । सडक निर्माणको क्रममा उड्ने धुलो नियन्त्रणका पानी चार्न समेत उनिहरुले आग्रह गरेका छन् । सडक निर्माणले गति लिन नसक्दा स्थानिय व्यापारीहरु अझै मारमा परेको छन । सडक निर्माण सम्पन्न हुने आशामा बसेका व्यापारीहरुले कान्छाराम शंकरमाली निर्माण कम्पनीले ३ वर्ष अघि ०७१ भदौ ११ देखि निर्माण सुरु गरी ०७२ असोज ३० गते सम्पन्न भईसक्नुपर्ने ४ लेन सडक ४ पटक म्याद थप गर्दा समेत अझै उस्तै छ । पटक– पटक म्याद थप गर्दै निर्माणका लागि ताकेता गर्दा सम्म पनि निर्माण कम्पनीले सडक निर्माण गरेजस्तो मात्रै गरेकाले सर्वसाधरणहरुले थुप्रै सकस खेप्नु परेको छ ।

सडक विभाग, मन्त्रालय र कार्यालयले अन्तिम पटक थपेको म्याद पनि निर्माण कम्पनी आलटालमै बिताएका छन् । बाटैभरी गिट्टी, वालुवा थुपारीएको छ । काम पनि थुप्रिएका कारण दुर्घटनाका जोखिमहरु बढ्दै जान थालेका छन् । बाटैभरी निर्माण साम्रागी थुपारिएकाले दुर्घटनाको जोखिम बढ्ेको स्थानिय व्यवसायी बिष्णु पौडेले बताए ।