एमालेको भातृसंगठन–अनेम संघ दाङभित्र चर्कियो नेतृत्व विवाद, मिना गुरुङ र हुमा डिसि दुवैले आफु बैध भएको दावि

२०७४ फाल्गुन १९, शनिबार ११:०१ मा प्रकाशित

घोराही, फागुन १९ । नेकपा एमाले दाङको भातृसंगठन अनेम संघ दाङमा नेतृत्वको चरम विवाद देखीएको छ । पटक–पटक भातृसंगठनमा आउने विवाद मिलाउन पार्टिको जिल्ला नेतृत्वले चासो नदिदा अहिले विवाद चर्कीएको हो । केही समय अगाडि एउटा मिना गुरुङको अध्यक्षतामा छुट्टै अनेम संघ थियो भने जानका रेग्मीको नेतृत्वमा अर्को समुह सकृय थियो । पछि विवाद बढ्दै गएपछि पार्टिले हस्तक्षेप गरी मिना गुरुङको नेतृत्वमा अनेम संघको नयाँ कमिटि गठन गरीएको थियो ।

पार्टिका सबै नेताहरुको उपस्थितीमा लामो समय विवाद चलेपछि अनेम संघलाई एउटै बनाउने उदेश्यले मिना गुरुङको अध्यक्षतामा कार्य समिति चयन गर्यो । विवाद टुंगिएको नयाँ शन्देश त्यसवेला पार्टि नेतृत्वले दिएको थियो । तर, नेतृत्वको बैधरुपमा हस्तान्तरण नहुँदै फेरी अनेम संघ दाङ अर्को नेतृत्वको विवाद प्रारम्भ भयो । पार्टिका केही नेताहरुले हुमा डिसिको नेतृत्वमा अनेम संघको जिल्ला कमिटि गठन भएको कुराहरु वाहीर सञ्चारमाध्यममा ल्याएका छन् भने पार्टिकि नेतृ अनेम संघ दाङकि अध्यक्ष गुरुङ लमही नगरपालिकाको उपमेयरमा गएपछि अघिल्लो स्थानिय तह, प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनमा अनेम संघको नेतृत्वको विषयमा नयाँ सहमति भएको कुरा अहिले सार्वजनिक भएको छ । अनेम संघमा रहेका अधिकांश पदाधिकारीलाई थाहै नदिएर पार्टि नेताहरुको उपस्थितीमा हुमा डिसिको अध्यक्षतामा नेतृत्व चयन भएको कुरा वाहीर आएको छ ।

SPONSORED

गुरुङले उपमेयरमा पराजय वेहोरीन र अहीले दाङ क्षेत्र नम्बर १ को इञ्चार्ज वनाएर चुनावको वेला एमाले जिल्ला कमिटिले पठाएको नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काले बताए । डिसिलाई संयोजक बनाउने निर्णय भएको र डिसिको नेतृत्वमा अव दुवै मिलाएर नयाँ कमिटि बनाउने तयारी भइरहेको जिल्ला अध्यक्ष खड्काले बताए । तर, गुरुङले भने आफ्नो फेसवुक पेजमा अनि पार्टिका ठुला कार्यक्रममा अनेम संघको जिल्ला अध्यक्षको हैसियतमा उपस्थिती हुने गर्छिन् । उनले फेसबुकमा पनि जिल्ला अध्यक्षको हैसियतमा आफ्ना कुराहरु अनि सुचनाहरु पोृष्ट गर्छिन् । यसवाट पनि गुरुङ आफु अध्यक्ष भएको दाविलाई थप पुष्ट्रि गर्छ । केही समय पहिले गुरुङले सबैको सहमतिमा पद छाड्न तयार रहेको र एक औपचारीक कार्यक्रम गरेर जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा रहेको बताएकि थिइन् । तर, जवरजस्ति गरेर आफुले पद नछाड्ने उनले चेतावानि दिएकि थिइन् । आफुलाई पार्टीको जिल्ला कमिटिले थुप्रैपटक वैधानीकता दिएको र नेतृत्वमा जवरजस्ति गरे यसले राम्रो शन्देश नजाने गुरुङले यसअघि बताएकि थिइन् । यता, नेतृत्वको विषयमा देखीएको विवादका वारेमा बुझ्न खोज्दा अनेम संघकि जिल्ला संयोजक भनिएकि हुमा डिसिले आफु नै अनेम संघ दाङको आधिकारीक अध्यक्ष भएको र नेतृत्वको विषयमा कुनै विवाद नरहेको स्पष्ट पारीन् । उनले पार्टिका जिल्ला अध्यक्ष, पदाधिकारी सबै र अनेम संघकि केन्द्रीय सचिव सुजिता शाक्यको विशेष उपस्थितीमा बसेको बैठकले आफुलाई सो जिम्मेवारी दिएर अध्यक्षको आधिकारीकता दिइसकेकोसमेत डिसिले जानकारी दिइन् । नेतृत्वमा कुनै विवाद नरहेको र आफु नै आधिकारीक अध्यक्ष भएकाले कुनै भ्रममा नपर्न समेत पार्टिका सबै नेता, कार्यकर्ताहरुलाई उनले आग्रह गरीन् । यता, गुरुङ नेतृत्वकि उपाध्यक्ष र पटक–पटक अनेम संघ दाङको कार्यवाहक अध्यक्ष चलाइसकेकि एमाले नेतृ साजिदा सिद्धिकिले गुरुङ नेतृत्वको कमिटि नै आधिकारीक भएको र उपाध्यक्ष र कार्यवाहक अध्यक्ष भइसकेको अवस्थामा आफ्नो नेतृत्वमा दावि हुनु स्वाभाविक भएको बताइन् । पार्टिको निर्णय मान्न आफु तयार रहेको, तर, संस्थागत निर्णय विना पद्धति वाहीर गई अनेम संघका अधिकांश पदाधिकारीलाई थाहै नदिएर एकलौटे ढंगवाट नेतृत्व चयन भयो भन्नु गलत परीपाटीको विकास भएको उनले बताइन् ।

SPONSORED

यहाँ ब्यक्तिको भन्दा पनि पद्धति ठिक भएन भन्ने कुरा आफुलाई लागेको भन्दै मिना गुरुङ नेतृत्वको सर्वसम्मत कर्या समितिले नयाँ नेतृत्व हस्तान्तरण गर्नुपर्ने उनको भनाई छ ।

SPONSORED