प्रहरी कर्मचारीले कर्मचारी प्रशासनमा इन्स्पेक्टर गोविन्द पन्थीको अभाबको महशुस गर्न नपरोस

प्रहरी कर्मचारीले कर्मचारी प्रशासनमा इन्स्पेक्टर गोविन्द पन्थीको अभाबको महशुस गर्न नपरोस मान्छेको अव्वलता निजले धारण गर्ने पद वा पाएको जिम्मेवारीको आधारमा कम निजले निर्वाह गरेको भूमिकामा ज्यादा निर्भर गर्ने गर्छ ।

त्यसैले कतिपयले पद, जिम्मेवारी र अवसर त पाउँछन तर उनीहरुले कहीं कतै पनि आफ्नो छाप छोडेर जान सक्दैनन भने कतिपयले काम देखाउने अवसर र जिम्मेवारी हतपत पाउँदैनन जव पाउँछन तव आफ्नो कर्मकै आधारमा सबैले सधैं याद राख्ने खालको छवि बनाउन सफल रहन्छन। यस्तै विरलै पात्र रहेछन नेपाल प्रहरीको कर्मचारी प्रशासन शाखाबाट भर्खरै साँखु सरुवा भएका इन्स्पेक्टर गोविन्द पन्थी। नेपाल प्रहरीको आइजीपीको रुपमा वर्तमान आइजीपी सर्बेन्द्र खनाल नियुक्त भएको केहि दिनमै पन्थी कर्मचारी प्रशासन शाखामा ल्याइएका थिए।त्यसको केहि समय अगाडी मात्रै उनिलाइ केहि आरोप सहित कार्यरत रहेको ठाउँबाट हठात सरुवा गर्दै कठोर कारवाही गर्ने काम भएकोमा पछि आरोपहरुलाइ तथ्यले पुष्टि गर्न नसके पछि आरोप लगाउने र तथ्यहीन आरोपको आधारमा कारवाही थाल्नेहरुको कम्जोर मुल्यांकन क्षमतालाइ उजगार गराउँदै, छानविन समितिले व्यवसायिक अधिकृतलाइ हचुवाको भरमा कारबाही गर्न खोजिएको पाइएकोले आरोपित इन्स्पेक्टर पन्थीलाइ आरोप मुक्त गर्दै कारवाही गर्न खोज्नेलाइ नै कारवाही हुनुपर्ने आसयको प्रतिबेदन दिए पश्चात उनको गर्विलो प्रहरी सेवा झन सशक्त हुन पाएको थियो ।

SPONSORED

उनलाइ लगाइएको आरोप त गलत सावित भएको थियो तर आरोप लाग्दै गर्दा उनको व्यक्तित्व के कस्तो होला भने जुन संशय थियो त्यो त विद्धमान थियो । त्यसमाथि उनि छुच्चो र रुखो छन , कर्मचारी प्रशासन जस्तो जनसम्पर्क हुने स्थानमा उनलाइ राख्नु राम्रो नहोला भन्ने कतिपयलाइ लागेकै थियो , कतिपयले उनि राम्रो भएपनि कर्मचारी प्रशासन शाखाको निम्ती उचित हुन्नन कि भन्ने चिन्ता सहितको प्रश्न स्वयम आइजीपी खनाललाइ पनि सोधेको बुझिन्थ्यो l तर आफ्नै मातहतमा रहेर अपराध माहाशाखा काठमान्डौ बस्दा इन्स्पेक्टर पन्थीले डर, लोभ र स्वार्थ रहित ढंगले गरेको काम देखेका आइजीपी खनालले जुन विश्वासले उनलाइ कर्मचारी प्रशासन शाखा ल्याएका थिए , आज इन्स्पेक्टर गोविन्द पन्थी कर्मचारी प्रशासन शाखाको जिम्मेवारी पुरा गरेर सरुवा भएको यस समयमा पन्थीले आइजीपीको विश्वास त कायम गरेनै संगसंगै प्रहरी संगठनको कर्मचारी प्रशासन शाखामा रहेर एक इन्स्पेक्टरले पनि सार्थक भूमिका निर्वाह गर्न सक्छ भन्ने सन्देश दिन सफल भए ।लेनदेन रहित प्रहरी सरुवा बढुवाहरुको सुनिश्चितता गर्ने आइजीपीको खनालको सोच र त्यसै अनुसार कर्मचारी प्रशासन शाखा प्रमुख एसपी चन्द्रकुवेर खापुङ्गले तयार निश्चित गरेको कार्यशैलीलाइ परिणाममुखी बनाउन इन्स्पेक्टर पन्थीले खेलेको भूमिका आइजीपी खनाल र एसपी खापुङ्गले त बुझ्नु भएकै होला , संगसंगै सिंगो प्रहरी संगठनले त्यसको अनुभूति गरेकै हुनुपर्छ । आशा गरौँ एउटा थिति बस्दै गरेको यस घडीमा उनको सरुवाले खासै रिक्तता नआओस अनि थिति बसाल्ने कुराको सारथी बनेर अव फिल्ड जिम्मेवारी सम्हालन पुगेका इन्स्पेक्टर गोविन्द पन्थीलाइ थप सफलता मिल्दै जाओस भन्ने शुभकामना। राधाकृष्ण देउजा

SPONSORED

SPONSORED