राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र सेवाग्राही

२०७६ श्रावण १३, सोमबार २२:२१ मा प्रकाशित

हरिप्रसाद पाण्डेय

दाङ जिल्ला सदरमुकाम घोराहीमा २०१६ साल पुस महिनामा महेन्द्र हेल्थ सेन्टरको नामबाट पहिलो स्वास्थ्य संस्थाको जन्म भएको थियो। स्थापनाकालमा एकजना एमविविस डाक्टर, दशजना अन्य स्वास्थ्यकर्र्मीहरु र नौजना प्रशासनिक तथा सहयोगी कर्मचारीहरु समेत जम्मा २० जना कर्मचारीहरुबाट स्वास्थ्य सेवा प्रवाह गर्ने कार्य शुभारम्भ गरिएको थियो। दङाली जनताको अथक प्रयासको फलस्वरुप महेन्द्र हेल्थ सेन्टरले पु¥याएको प्रभावकारी स्वास्थ्य सेवाको स्तरबृद्धि गर्दै २०२१ सालमा पन्द्र शैया व्यवस्था गरी जिल्ला अस्पतालको रुपमा महेन्द्र अस्पताल दाङ नामाकरण भयो। सेवाग्राहीको भावनालाई हृदयङ्गम गरी महेन्द्र अस्पतालको भौतिक पूर्वाधार विकास गर्दै जाने क्रममा २०५९ सालमा स्तरबृद्धि गरी २५ शैøयामा पु¥याइयो। यसैगरी अस्पतालको स्तरोन्नति गर्दै २०६४ असार ७ गते ५० शैयामा पुयाई अत्यन्तै प्रभावकारी सेवा उपलब्ध गराउ“दै आएको थियो। महेन्द्र अस्पतालमा दैनिक आउने विरामीहरुको चापलाई दृष्टिगत गर्दै जिल्लास्थित राजनीतिक दलहरुको सकारात्मक दृष्टिकोणबाट अस्पतालको स्तरोन्नति गरी राप्ती उपक्षेत्रीय अस्पताल बनाउने प्रतिबद्धता व्यक्त गरे मुताविक नेपाल सरकारले २०६५ चैत १२ गते महेन्द्र अस्पताल दाङलाई राप्ती उपक्षेत्रीय अस्पताल दाङ नामाकरण ग¥यो। सेवाग्राहीहरुको आवश्यकता, इच्छा, आकांक्षाको कदर गर्दै नेपाल सरकारले २०७१ साल जेठ ८ गते यस अस्पतालको स्तरबृद्धि गरी एक सय शैøया बनायो।
पा“च नम्बर प्रदेशकै ठूलो अस्पतालको रुपमा चिनिने राप्ती उपक्षेत्रीय अस्पताल दाङमा नेपाल सरकारको स्वीकृत मौजुदा कर्मचारी दरबन्दीबमोजिम प्रमुख मेडिकल सुपरिटेण्डेण्ट एकजना, मेडिकल सुपरिटेण्डेण्ट एकजना, अन्य विशेषज्ञ तथा मेडिकल अधिकृत समेत २१ जना चिकित्सकहरु, अन्य स्वास्थ्यकर्मीहरु ३७ जना, प्रशासनिक तथा कार्यालय सहयोगी १४ जनासमेत कूल जम्मा ७२ जना हो। नेपाल सरकारको स्वीकृत दरबन्दीले मात्र दैनिक आउने विरामीको चापलाई प्रभावकारी सेवा उपलब्ध गराउन कठिन भएकोले विकास समितितर्फ मेडिकल अधिकृत दुईजना, अन्य स्वास्थ्यकर्मी १७ जना, कार्यालय सहयोगी १३ जनासमेत ३२ जना दरबन्दी स्वीकृत भयो।

SPONSORED

तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल दाङको प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. विकास देवकोटा, वरिष्ठ नाक, कान, घा“टी विशेषज्ञ डा.ढुण्डीराज पौड्याल, वरिष्ठ कन्सल्टेण्ट फिजिसियन डा. विष्णुप्रसाद पौड्याल, वरिष्ठ कन्सल्टेण्ट डर्माटोलोजिष्ट डा. प्रताप पोख्रेल, कन्सल्टेण्ट रेडियोलोजिष्ट डा. नित्यप्रसाद खनाल, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सन्देश पौडेल, वरिष्ठ कन्सल्टेण्ट सर्जन डा. प्रवीण श्रेष्ठ, वरिष्ठ कन्सल्टेण्ट सर्जन डा. जनार्दन पन्थी, एमडिजिपि मेडिकल सुपरिटेण्डेण्ट डा. प्रबोध रेग्मी, अर्थोपेडिक सर्जन डा. किरण खनाल, वरिष्ठ फिजिसियन डा. मीनचन्द्र अधिकारी, वरिष्ठ फिजिसियन डा. जीतनारायण यादव, कन्सल्टेण्ट पिडियाट्रिसियन डा. प्रकाश जोशी, कन्सल्टेण्ट ऐनेस्थेसियोलोजिष्ट डा.रामपुकार साह, डा. निशा राई र डा. दिपीका सुवेदीलगायतका स्वास्थ्यकर्मीहरु राप्ती क्षेत्रका विरामीका भाग्य बिधाताको रुपमा सेवा उपलब्ध गराउन सफल हुनुभएको थियो। उहाहरुले पुयाउनुभएको प्रभावकारी विशेषज्ञतापूर्ण स्वास्थ्य सेवाको जति प्रशंसा गरे पनि थोरै हुन्छ।

SPONSORED

राप्ती उपक्षेत्रीय अस्पताल दाङले सामान्य उपचारदेखि एपेन्डीसाइड, हाइड्रोसिल, हर्नियाजस्ता जनरल अपरेशन र पाठेघर, किडनी, आन्द्रा, हाडजोर्नी, नशास“ग सम्बन्धी जस्ता मेजर अपरेशनलगायतका स्वास्थ्य सेवा प्रभावकारीरुपमा उपलब्ध हुदै आएको थियो। गत विगतमा राप्ती उपक्षेत्रीय अस्पतालबाट पाउ“दै आएको स्वास्थ्य सेवामा अझ बढी सेवा सुविधा थप हुदै जाने अपेक्षाका साथ राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन लागि परियो। राप्ती उपक्षेत्रीय अस्पताल दाङको चलानी नम्बर १२२० मिति २०७३÷२÷१२ को पत्रबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने कन्सेप्ट पेपर तयार गर्न यो पङ्तिकारलाई अनुरोध भई आएको थियो। उक्त अनुरोध मैले सहर्ष स्वीकार गर्दै आफूस“ग भएको ज्ञान, सीप, क्षमता र अनुभवको पूर्ण सदुपयोग गर्दै पच्चीस पाने अवधारणापत्र तयार गरी २०७३ जेठ २३ गते प्रस्तुत गरेको स्मरण गराउन चाहन्छु।

SPONSORED

राप्ती उपक्षेत्रीय अस्पतालबाट माथि उल्लेख गरिएका सेवासुविधाको अतिरिक्त निम्नानुसारका थप सेवा सुविधा प्राप्त हुने निकै ठूलो आशा अपेक्षा गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न योगदान पु¥याएका हुन्। तर दुःखका साथ भन्नैपर्ने हुन्छ। हालको अवस्था अध्ययन गर्दा गतविगतमा पाएका सुविधाको स्तर दिनानुदिन खस्किदै गएर एक चौथाई मात्र पनि उपलब्ध हुन सकेको छैन। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका जिम्मेवार पदाधिकारीहरुको कार्यशैलीकै कारण सेवाग्राहीले गुणस्तरीय स्वास्थ्य सेवाबाट क्रमशः बञ्चित हु“दै गइरहेको गहिरो अनुभूति गर्दै आएको शाश्वत सत्यतालाई नकार्न सकिदैन।

(१) राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस, विएएमएस, विडिएस र विएस्सी नर्सिङ जस्ता विषयमा स्नातक तहको चिकित्सा शास्त्र अध्ययन गर्ने अवसर मिल्ने।

(२) विभिन्न रोगस“ग सम्बन्धित विषयगत विशेषज्ञता प्राप्त गर्न एमविविएस उत्तीर्ण गरेपछि एमडी (स्नातकोत्तर) तथा विद्यावारिधि तहसम्मको अध्ययन गर्न पाइने।

(३) गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन मुलुकको आवश्यकता बमोजिम दक्ष जनशक्ति उत्पादन गर्ने।

(४) नेपाल सरकारको पाठ्यक्रम बमोजिम गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न विषयगत तालिम सञ्चालन गर्ने।

(५) कम लागतमा बढी संख्यामा चिकित्सा शास्त्र अध्ययन गराई देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने।

(६) सर्ने र नसर्ने रोग तथा महामारी जस्ता जनस्वास्थ्यमा प्रतिकूल असरपार्ने रोगको अनुसन्धान गरी परामर्श पेश गर्ने।

(७) जिल्ला तथा प्रदेश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रबीच समन्वय गर्दै दक्ष विशेषज्ञता आदानप्रदान गर्ने।

(८) चिकित्सा शास्त्रमा स्नातक, स्नातकोत्तर तहसम्मको शिक्षा प्रदान गर्न स्थानीय विद्यार्थीलाई प्राथमिकता दिने।

(९) स्वदेशमै सेवा गर्ने राष्ट्रिय भावनाले ओतप्रोत भएका दक्ष चिकित्सक उत्पादन गरी मुलुकप्रति जिम्मेवार बनाउने।

(१०) अस्पतालमा शैøया थप र समयानुकूल सेवा समय बृद्धिगरी स्वास्थ्य सेवा कम खर्चमा सर्वसुलभ बनाउने।

(११) स्वास्थ्य सेवा प्रभावकारी बनाउन गोष्ठी, सेमिनार, सम्मेलन आयोजना गर्न नेपाल सरकारलाई सहयोग गर्ने।

(१२) विधमान अवस्थामा खस्किदै गएको आषधिको गुणस्तर अभिबृद्धि गर्न अनुसन्धान तथा विश्लेषण गरी पेश गर्ने।

(१३) सुरक्षित मातृत्व, नवजात शिशु स्वास्थ्य, मृगौला, क्यान्सर, मुटुरोग, कलेजो, अलजाइमर जस्ता रोग निदानगर्ने दक्ष विशेषज्ञ उत्पादन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रभावकारी बनाउन नेपाल सरकारलाई योगदान पु¥याउने।

१४) विषयगत अध्ययनका लागि स्वदेशी तथा विदेशी विश्वविद्यालयस“ग समन्वय गरी छात्रबृत्ति आदान प्रदान गर्ने।

(१५) चिकित्साशास्त्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र यस क्षेत्रका सर्वसाधारण जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने हेतुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने कल्पना गरिएको हो

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४ ले परिकल्पना गरेबमोजिम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रभावकारी ढंगले सञ्चालन गर्नु गराउनु सबै जिम्मेवार पक्षको साझा दायित्व हो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन गर्दादेखि नै राजनीतिक आग्रह पूर्वाग्रहको खेल शुरु भयो। सत्तापक्ष र प्रतिपक्षबीच उपकुलपति, शिक्षाध्यक्ष रजिष्ट्रार, डिन नियुक्ति गर्ने कार्यस“गै एकआपसमा असन्तुष्टिको विजारोपण भयो।

उपकुलपतिज्यूको समन्वयात्मक क्षमताको कमी, नेपाल सरकारका दक्ष विशेषज्ञ चिकित्सकहरु सरुवा गराई बाहिरिनु, राप्ती उपक्षेत्रीय अस्पतालले गत विगतमा उपलब्ध गराएको स्वास्थ्य सेवाको गुणस्तर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान भएपछि घट्दै जानु, स्वशासित संस्थाको बहानामा महंगो सेवा शुल्क निर्धारण गर्नु, दक्ष विशेषज्ञ चिकित्सकहरु आकर्षण गराउन नसक्नु, सार्वभौमसत्तासम्पन्न जनताको विश्वास जित्न नसक्नु, प्रतिष्ठानका पदाधिकारीहरुको संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारस“गको समन्वयात्मक कार्यको कमीले गर्दा सेवाग्राहीले अपेक्षा गरे मुताविकको स्वास्थ्य सेवा पाउन सकेका छैनन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रवाह गर्ने स्वास्थ्य सेवा प्रभावकारी ढंगले उपलब्ध गराउने नै हो भने प्रतिष्ठानका पदाधिकारीहरु, चिकित्सकहरु, अस्पतालका अन्य सवै स्वास्थ्यकर्मीहरु, प्रशासनिक कर्मचारीहरु, दाङ जिल्ला स्थित सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, शिक्षक, प्राध्यापक, वकिल, राष्ट्रसेवक, सुरक्षा निकाय, उद्योगी, ब्यापारी, सञ्चारकर्मी लगायत सम्पूर्ण दाङवासीहरु
आ–आफ्नो क्षेत्रबाट लागि परौं भन्दा अत्युक्ति नहोला।
(लेखक नेपाल सरकारको पूर्व उपसचिव हुनुहुन्छ।)