काग्रेस नेता दिपक पाण्डेको गुनासो–सभामुख÷मुख्यमन्त्रीले चुनावमा पुललाई मुद्धा बनाउनु भयो, आफ्नो पालामा किन बनाउनु हुँदैन’

२०७६ असार २६, बिहीबार ११:४१ मा प्रकाशित

सभामुख र मुख्यमन्त्री ज्यु नमस्ते।
हिजो यहि कटुवा खोलाको पुल मात्र होइन धेरै दाङ का खोला मा काङ्ग्रेसले पुल बनाउने योजना ल्यायो । निर्माण कम्पनीले निर्माण गर्ने क्रममा केही कमजोरी गरेका हुन। के काग्रेसले बिकासको योजना ल्याउनु गलत हो ?
जनताको बिकासको योजनालाई गएको स्थानीय , प्रदेस र संघीय निर्बाचनमा
नेकपाका तपाईं जत्तिको नेता साथीहरुले चुनाब जित्नका लागि काग्रेसले रोक्यो , ढिलो गर्यो , कामै गरेन भनेर गोयबल्स शैलीमा प्रचार प्रसार मात्र होइन स्पेसल मुद्दा बनाउनु भयो र व्यापक प्रचार गर्नु भयो र निर्वाचन जित्नु भयो।
त्यही पार्टीबाट आज तपाइहरुको केन्द्र र प्रदेशमा प्रतिनिधित्व छ ।
सभामुख र मुख्य मन्त्री बन्नु भाको छ , तपाइहरु जित्नु भयो हामी निर्बाचन र जनमतलाई स्विकार गर्छौ । आज तिनै तहको सरकारमा तपाइहर हेविवेटमा हुनुहुन्छ ।
यो बर्षातको समय हो, बर्षातको समयमा बाढि आउँछ, त्यसले कसलाइ सास्ती हुन्छ , तपाईंलाई यो कुरा भन्न नपर्ला । जितेको नि दुई बर्ष हुन लाग्यो किन बन्दैन त दाङका पुलहरु ? किन अझै बनेन त कटुवा खोला यो पुल ? मेरो सरकार । जनता जान्न चाहन्छ्न ।

SPONSORED