सामुदायिक विद्यालय अझै सुधार्नु पर्छ

२०७६ असार १७, मंगलवार १०:०६ मा प्रकाशित

भागवत पौडेल
सचिव
नेपाल शिक्षक महासंघ, दाङ

सामुदायिक विद्यालयको नतिजा सुधारोन्मुख छ । सतप्रतिशत नतिजा नआए पनि यस वर्षको एसईईको नतिजालाई सुधारोन्मुखको रुपमा लिनुपर्छ ।

पछिल्लो समयमा सामुदायिक विद्यालयहरुले पनि विभिन्न शैक्षिक सुधारको लागि पनि विभिन्न अभियानहरु अगाडि सारेका छन् । त्यो सकारात्मक पक्ष हो ।

SPONSORED

जसको कारण सामुदायिक विद्यालयमा शिक्षण सिकाइ अनि एसईई नतिजा सुधारोन्मुख देखिएको छ । स्थानीय सरकारले पनि सामुदायिक विद्यालयहरुलाई चासोको रुपमा निगरानी गरेको छ । विद्यालय व्यवस्थापन पनि प्रभावकारी बन्दै गएको छ । त्यसकारण सामुदायिक विद्यार्थीहरुको नतिजालाई सुधारोन्मुखको रुपमा लिएको हो ।

SPONSORED

सामुदायिक विद्यालयको नतिजा एकैपटक पूर्णरुपमा सुधार हुन्छ भन्ने हुँदैन् तर क्रमशः सुधार हुने हो । एसईईमा ग्रेडिङ प्रणाली लागू भएपछि फेल हँुदैन भन्ने जुन मानसिकता थियो । त्यो मानसिकता पनि हराउँदै गएको हामीले पाएका छौँ ।

SPONSORED

किनभने गत वर्षमा एसईईको परीक्षा दिएको र राम्रो गे्रड नआएपछि आफूले चाहेको विषय पढ्न पाइदो रहेनछ भन्ने बुझाई भएको छ । र यो एउटा सिकाइ पनि हो ।

पहिलेको समयमा विद्यार्थीहरु एसएलसीको मुखमा आएर परीक्षाको तयारी गर्थे भने एसईईमा चाहिँ शुरुदेखि नै परीक्षाको तयारी गर्न थालेका छन् ।

ग्रेडिङ प्रणालीमा गएपछि फेल भईदैन्, पुनः परीक्षा दिनुपर्दैन् भन्ने जुन मानसिकता थियो पनि हराएको छ । किन भने गत वर्ष विद्यार्थीहरुलाई बुझाउन नसक्दा उत्पन्न समस्या हो ।

ग्रेडिङ प्रणालीले कमजोर विद्यार्थीहरुमा पढने जाँगर तथा मनोबल बढ्दै गएको हामीले पाएका छांै । एसईईमा ग्रेडिङमा सुधार भएन भने आफूले चाहेको विषयमा पढ्न पाईदैन् भन्ने कुरा पनि बुझेका छन् विद्यार्थीहरुले । सामुदायिक विद्यालयहरुले पनि शैक्षिक सुधार गर्नको लागि बालमैत्री विद्यालय, पूर्वाधारहरु निर्माणलाई पनि ध्यान दिएका छन् ।

पठनपाठन सुधार गर्नको लागि अभिभावक शिक्षहरुका पनि चासोको रुपमा लिएका छन् । विद्यालयको पूर्वाधारहरुदेखि प्राविधिक विषयलाई पनि ध्यान दिएको छन् । समयको माग र विद्यार्थीहरुको रुचि अनुसारको पढाइ हुँदै आईरहेको छ ।

निजी विद्यालयको तुलानामा सामुदायिक विद्यालयको नतिजा राम्रो नहोला तर यसलाई सन्तोषजनको रुपमा लिनुपर्छ । एसईई परीक्षाको महत्व घटेको भन्ने एउटा भ्रम छ । त्यो गलत हो ।

एसईई परीक्षाको नतिजा आएपछि विद्यार्थीहरुले आफ्नो क्षमता अनुसारको विषय लिएर अगाडि बढ्न सक्ने र विद्यार्थीहरुले चाहेमा आफ्नो ग्रेड पनि सुधार्न सक्छन् । तर उनीहरुलाई सफल भएको, असक्षम भएको भने महशुस हुँदैन् ।

प्रस्तुति ः सपना वोहरा