प्रत्येक विषयमा ग्रेड सुधार

२०७६ असार १७, मंगलवार १०:०३ मा प्रकाशित

विनय कुमार मिश्र
प्रदेश सल्लाहकारः प्याब्सन

हामी निजी विषयमा चासो राख्ने भएकाले निजी विद्यालयको यस वर्षको एसईई नतिजा सन्तोषजनक छ । यो वर्ष मात्रै होईन् विगतका वर्षहरुमा एसईईका परीक्षामा पनि विद्यार्थीहरुले सन्तोषजनक नतिजा ल्याएका छन् ।

अर्को खुशीको कुरा के भने सबैभन्दा बढी ग्रेड ४ यही दाङमा नै आएको छ । त्यसपछि ३.६ धेरैजसो निजी विद्यालयका छात्रछात्राहरुले ल्याउन सफल भएका छन् । यो पनि खुशीको कुरा हो । निजी विद्यालयमा धेरै विद्यार्थीहरुको ग्रेड सन्तोषजनक नै छ ।

SPONSORED

ग्र्रेड प्र्रणाली आईसकेपछि विद्यार्थी र शिक्षकहरुमा झन मेहनत गर्नुपर्छ भन्ने शिक्षा दिएको छ । शुरुको समयमा ग्रेड प्रणालीमा नतिजा आउँदा विद्यार्थीहरु मेहनत नगरे पनि पास भईन्छ भन्ने भ्रम थियो । अहिले त्यस्तो छैन् ।

SPONSORED

सबै विषयमा बराबर मेहनत गर्नुपर्ने रहेछ भन्ने शिक्षा प्रदान गरेको जस्तो लाग्छ । किनभने कुनै पनि विद्यार्थी एसईई पछि के विषयमा पढ्नको लागि ग्रेड मात्र ल्याएर हुँदैन् ।

SPONSORED

त्यसभित्रका सबै विषयमा राम्रो ग्रेड ल्याउनुपर्छ र यो कुरा सबैले बुझ्न जरुरी छ । उच्च तहको लागि कुनै पनि विषय पढ्नु परेमा एउटा विषयमा कम ग्रेड आयो भने त्यो विषय पढ्नबाट नै वञ्चित हुनुपर्ने अवस्था छ ।

प्रमाणपत्रमा पास, फेल लेखिदैन् भनेर पढाइमा मेहनत नगर्ने भम्र अझै पनि छ । तर त्यसो हुँदैन् । यो ग्रेड प्रणाली एकदम जटिल छ । आफूले चाहेको विषय पढ्नको लागि सबै विषयमा राम्रो ग्रेड ल्याउनु पर्छ ।

एसएलसीमा पास हुनको लागि ३२ ल्याए पुग्थ्यो, अनि आफूले चाहेको विषयमा पढ्न पाईनथ्यो । तर अहिले राम्रो ग्रेड ल्याउनको लागि एउटा विषयमा ४० अंक ल्याउनै पर्छ ।

पहिलेको मौका परीक्षामा सुधार गरे पुग्थ्यो, अहिले सबै विषयमा सुधार गर्नुपर्छ । विषयतगत ग्रेड ल्याउका लागि कहिनेर पनि एक अंक पुगेन भने आफूले चाहेको विषय पढ्न नै पाईदैन् ।

त्यो अभिभाव र विद्यार्थीले पनि बुझ्न जरुरी छ । समग्रमा निजी विद्यालयको नतिजा सन्तोषजनक नै छ । ग्रेड सुधार गर्नको लागि विद्यार्थीहरुले प्रत्येक विषयमा ग्रेडप्रति ध्यान दिनुपर्छ । र त्यतिकै मेहनत गर्नुपर्छ ।

प्रस्तुति ः सपना वोहरा