विप्रेषण गरिवि निवारणका लागी

२०७६ जेष्ठ २९, बुधबार १५:५८ मा प्रकाशित

कैलाश प्रशाद देव

kailashdeo@yahoo.com

SPONSORED

संस्थागत रुपमा हाम्रो बैदेशिक रोजगारीको ईतिहास झण्डै दुइ सय बर्षको छ । सन् १८१६ को सुगौली सन्धी पछि तत्कालीन व्रिटिस इन्डियाले नेपालका विभिन्न स्थानमा भर्ति केन्द्र स्थापना गर्दै निश्चित मापदण्डका आधारमा नेपाली युवाहरुलाइ छनोट गरी चुनौतीपुर्ण सुरक्षाको जिम्मा दिन थाल्यो । यसरी छनोटमा परेका नेपाली युवाहरुको समुह अहिले पाकिस्तानको लाहोर उर्फ लाहुरमा तैनाथ भई फर्कि आउदा लाहुरे सम्मानले पुकारीन थाल्यो जुन उपमा हाल सम्म पनी कायम छ ।

वि.स. २०४२ मा प्रथम पटक बैदेशिक रोजगार ऐन जारी भएपछि र्निविकल्प भारतको अतिरित्त युवाहरुलाई अरवको विकल्प पनी खुला भयो, जुन तुलनात्मक रुपमा औपचारीक थियो । चलायमान बैदेशिक रोजगारीबाट प्राप्त हुन आउने विदेशि मुद्राको आप्रवाहको लागी सिमित संख्यामा रहेका वाणिज्य बैकहरु विदेश स्थीत बैक र वित्तिय संस्थासगँको सहकार्यमा विप्रेषण आप्रवाहको कार्यमा औपचारीक रुपमा रुची राख्न थाले । यसबाट के पुष्टी हुन्छ भने जब वैदेशिक रोजगारीले औपचारिकता पाउन थाल्यो, तव विप्रेषण व्यावसायको विषयमा समेत बैकंहरु सचेत हुन थाले वि.स. २०४६ मा भएको राजनैतिक परिर्वतनले लामो समयसम्म संकुचनमा परेका नेपाली समुदायलाई विदेश तिरको चासो ह्वात्तै बढाइदियो । २०४६ साल देखि आज सम्म राज्य उत्पादनशिल उमेर समुहका आफ्ना नागरिकको संरक्षणमा उदासिन बन्दै जादा बालिक नेपाली नागरिक सबैलाई बैदेशिक रोजगारीको अवसर एक मात्र विकल्प भए जस्तो छ ।

हुदा हुदा अव त बालिक नेपाली नागरिकले राज्य सगँ पासपोर्ट बाहेक धेरै आशा गरेको पनी देखिदैन, यसो भन्दैमा के राज्यले पासपोर्टसँग आफनो जिम्मेवारी साटन मिल्छ रु ठुलो जोखिम मोलेर गोर्खा सैनिकमा भर्ना हुनु र अहिले जनजिविकाको लागी प्रवासिनु वाध्यात्मक परिस्थितिको उपज मात्र हो । यसरी सार्क बाहेक अन्य राष्ट्रमा प्रवासिएका झण्डै ४५ लाख श्रमिकले विश्वका १०८ देशमा आफ्नो श्रम बेचिरहेका छन् । यी श्रमिकबाट झण्डै ६ खर्व विप्रेषण आप्रवाह हुन्छ, जुन कुल ग्राह्स्थ उत्पादनको ३० प्रतिशत बराबर हुन आउछ । कामका लागी खाडि मुलकमा जाने नेपालीको अवस्था कहाली लाग्दो छ । हरेक दिन औसतमा पन्ध्र सय व्यक्ति जो ग्रामिण भेगका र एस.एल.सी. पनी पास हुन नसकेकाहरु खाडि मुलक जाने गरेको पाईन्छ ।

SPONSORED

दश वर्षको अवधीमा बैदेशिक रोजगारमा गएकाहरुमध्ये अकालमा ज्यान गुमाएका आफन्तले आर्थिक सहायता लिएकालाइ मात्र हेर्दा पनी ५,९३२ ले अकालमा ज्यान गुमाएको देखिन्छ । जसमध्य ५,८०४ पुरुष र १२८ महिला रहेको छ । त्यस्तो भयावह स्थितिमा समेत बैदेशिक रोजगारीको आर्कषण बढेको नै देखिन्छ । नेपालको प्रचलित कानुनले परिभाषित गरेको र तोकेको प्रक्रिया अनुसार विगत पाँच वर्षमा २२ लाख ५६ हजार १९३ जना नेपाली कामको खोजीमा बैदेशिक रोजगारमा गएका छन् । यसमा भारतमा काम खोज्नर गर्न जाने लाखौ नेपाली समावेश गरिएको छैन । विगतको पाँच वर्षको तथ्याङ्कले प्रक्रिया पुरा गरी वार्षिक रुपमा ४–५ लाख नेपाली नया कामदारका रुपमा विदेशमा काम गर्न गएको देखिन्छ ।

वैदेशिक रोजगारीको अनेकौ कारणहरु मध्य धेरैले नेपालमा जती कमाए पनी एक रुपैया पनी जोगाउन सकिन्न । नेपालमा नियमित आम्दानी गरीरहेपनी अनियन्त्रित र नियमित रुपमा बढि रहने जिवनयापन, लागत, सामाजिक जिम्मेवारी लगायतले आम्दानी र खर्च विच तालमेल मिलाउन कठिन बनाएका कारण बैदेशिक रोजगारिमा गई रहेका छन् । रोजगार हुदाहुदै विदेशिनुको अर्को कारण न्युनतम आवश्यकता पुर्ती गर्ने तलब र ज्याला प्राप्त नहुने, रोजगारदाताले समयमै तलब र ज्याला नदिने कारण पनी जिम्मेवार छन् । बैदेशिक रोजगारीबाट देशले पाएको मुख्य फाइदा मध्य एक विप्रेशन हो । नेपालमा विप्रेषण प्रवाहको विगत पाँच वर्षको तथ्याङ्कलाई हेर्दा वार्षिक ४ खर्व ३४ अर्व रुपैयाबाट शुरु भएर अघिल्लो आर्थिक वर्षमा ६ खर्व ९५ अर्व पुगेको देखिन्छ । देशको कुल ग्राहस्थ उत्पादनसगँ विप्रेषणलाई तुलना गरेर हेर्दा कुल ग्राहस्थ उत्पादनको २५–३० प्रतिशतको विचमा विप्रेषण भित्रिएको पाईन्छ, जुन तथ्यले देशको अर्थतन्त्रको आकारको अनुपातमा विपे्रषण भित्राउने प्रमुख तिन मुलुकहरु भित्र नेपाल अटाईरहको छ । बैदेशिक रोजगारीबाट प्राप्त विप्रेशनको उपयोग अपेक्षित रुपमा उत्पादन मुलक क्षेत्रमा हुन सकेको छैन । विदेशि भुमिमा कमाएको पैसा नेपालमा उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुभन्दा उपभोग्य बस्तु र अचल सम्पत्तिहरु घर जग्गामा लगानी गर्ने र भौतीक सुख सुविधामा खर्च गर्ने कारण वैदेशिक रोजगारबाट स्वदेश फर्कदा निजसगँ नेपालमा केहि गर्ने आधार नभएको कारण धेरै मानीसहरु पुनः वैदेशिक रोजगारमा फर्किनु परेको अवस्था छ । केहि वर्ष अघिको एक तथ्याङ्कको आधारमा आर्जीत विप्रेषण मध्य ७८.९ प्रतिशत उपभोगमा, ७.१ प्रतिशत ऋण तिर्न , ४.५ प्रतिशत शिक्षामा, ४.५ प्रतिशत घर जग्गा खरिदमा, २.४ प्रतिशत पुजि निर्माणमा र स्वास्थ्य लगायत अन्य क्षेत्रमा २.६ प्रतिशत खर्च हुने गरेको छ ।

मुलकमा करिव ५६ प्रतिशत घर धुरीले विप्रेषण प्राप्त गर्दछन, प्रति परिवार औसत विप्रषण प्राप्ती ८० हजार ४ सय रुपैया रहेको छ । यसबाट बैदेशिक रोजगारी नेपालीको जिविकोपार्जन सगँ कति घनिष्ट छ भन्ने स्पष्ट हुन्छ । आर्थिक विकासलाई गरिवि निवारणको अवसरको रुपमा रुपान्तरण गर्ने प्रमुख माध्यम रोजगारी हो । हाम्रा योजनाहरुको प्रमुख उद्देश्य गरिवि निवारणका लागी रोजगारी बढाउने नितिका सन्र्दभमा वैदेशिक रोजगारीबाट आएका विप्रेषनलाई नेपालमानै उत्पादन मुलक क्षेत्रमा लगाई रोजगारी सिर्जनाको अवसरको रुपमा सदुपयोग गर्नुपर्दछ । संसारको कुनै पनी देशले वैदेशिक रोजगारीबाट अपेक्षित फाईदा लिन र विकासको गतिलाई अगाडि बढाउन सकिरहेको छैन । यति भन्दा भन्दै पनि वैदेशिक रोजगारीको विकल्प तत्काल खोज्ने अवस्था छैन । तसर्थ वैदेशिक रोजगारीको अहिलेको अवस्थालाइ स्वीकार गर्दै यस विषयलाई सम्बन्धित सरकारी निकाय, सरोकारवालाहरुले वास्तविक समस्याहरुको पहिचान गर्दै दिगो समाधान तर्फ उन्मुख हुन जरुर देखिन्छ, भने बैदेशिक रोजगारीबाट आयको आयलाई स्वदेशमै रोजगारी सिर्जनाको लागी सदुपयोग गरी विप्रेषणलाई गरिवि निवारणसगँ तत्काल जोड्नु पर्दछ , तसर्थ केहि वर्षको लागी भएपनी अवको नारा विप्रेषण गरिवि निवारणका लागी हुनु पर्दछ ।

लेखक ः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कार्यरत हुनुहुन्छ ।