घोराही उपमहानगरपालिकाको पूर्वाधार विकास र चक्रपथ

२०७५ चैत्र ५, मंगलवार १०:४८ मा प्रकाशित

हरीप्रसाद पाण्डेय

पाच नम्बर प्रदेशअन्तर्गतका १२ जिल्लामध्ये दाङ प्राकृतिक मनोरम, ऐतिहासिक विविधतायुक्त जिल्ला हो। तत्कालीन घोराही गा.पं. र सेवारवनगाउ“ गा. पं.को पूरै भू–भाग तथा हरिद्वार गा.पं. र रावतगाउ“ गा.पं.को केही भू–भागलाई समेटेर त्रिभुवननगर नगरपञ्चायतको नामबाट २०३५ साल माघ १५ गते १२ हजार दुईसय ७९ जनसंख्यालाई समाहित गरी स्थापना गरिएको थियो। नेपाल सरकारले २०७३ साल फागुन २७ गते घोराही नगरपालिकामा रामपुर, लक्ष्मीपुर, सैघा, सौंडियार र धर्ना गाविस तथा त्रिपुर नगरपालिकालाई समावेश गरी घोराही उपमहानगरपालिका घोषणा गरेको हो। १९ वटा वडामा विभाजित घोराही उपमहानगरपालिका ५२२.२१ वर्ग किलोमिटर क्षेत्रफलमा अवस्थित छ। एक लाख ५६ हजार एक सय ६४ जनसंख्या भएको घोराही उपमहानगरपालिका क्षेत्रफलको दृष्टिकोणले नेपालकै सबैभन्दा ठूलो उपमहानगरपालिकामा पर्दछ। एशिया महादेशको ठूलो उपत्यकाको रुपमा चिनिने दाङ जिल्लाको सदरमुकामको प्रतिनिधित्व पनि घोराही उपमहानगरपालिकाले गर्दै आएको छ। भौगोलिक हिसावले भित्री मधेशमा पर्ने घोराही उपमहानगरपालिका क्षेत्रमा उष्ण, उपोष्ण र समसितोष्ण हवापानी पाइन्छ। घोराही नगर मुलुककै उच्चकोटीको प्राकृतिक सौन्दर्यतायुक्त वातावरणले भरिपूर्ण ऐतिहासिक, सामाजिक, सांस्कृतिक, औद्योगिक र पर्यटकीय दृष्टिकोणले प्रशस्त सम्भावना बोकेको शहर हो।

SPONSORED

१९ वडामा विभाजित यस उपमहानगरपालिकाको वडा नम्बर १४ र १५ शहरी क्षेत्रभित्र पर्दछन्। यी दुई वडाले घोराही उपमहानगरपालिकाको मात्र नभई समग्र दाङ जिल्लाको जिल्ला सदरमुकाम एवं प्रमुख ब्यापारिक केन्द्रको रुपमा चिनाउ“दै आएका छन्। वडा नम्बर १, २, ४, ५, १२, १३, र १८ को केही भूू–भाग समथर र केही भूू–भाग पहाडी क्षेत्र पर्दछ। वडा नम्बर ३, ६, ७, ८, ९, १०, ११, १६ र १७ समथर भित्री मधेश भूू–भाग पर्दछ। वडा नं. १९ भने पूरै पहाडी भू–भाग पर्दछ। वडा नम्बर १०, १४ र १५ प्रमुख ब्यापारिक क्षेत्रको रुपमा विकसित हु“दै आएकाले यहा“ बस्ने नगरवाशीहरुले आफ्नो प्रमुख पेशा ब्यापार व्यवसाय अवलम्बन गरेको पाइन्छ। अन्य वडामा बसोवास गर्ने अधिकांश नगरवासीहरुको प्रमुख पेशा कृषिमा आधारित उत्पादनमूलक व्यवसाय अवलम्बन गरेको देखिन्छ।

लमही–तुलसीपुर सडकको अर्जुनखोलादेखि हापुरखोलासम्मको कालोपत्रे सडक खण्ड २९ (उनन्तीस) किलोमिटर घोराही उपमहानगरपालिका क्षेत्रभित्र पर्छ। घोराही उपमहानगरको वडास्तरीय सडक करिव एक सय १० किलोमिटर कालोपत्रे (पिच) भइसकेको छ। नगरवासीको मागअनुसार प्रत्येक वर्ष सडक कालोपत्रे गर्दै जाने कार्यक्रमलाई निरन्तरता प्रदान गरिदै आएको छ। वडा नम्बर १ देखि १९ सम्मका टोलवस्तीहरुबाट घोराही आउने सडकहरु खण्डास्मिथ (ग्राभेल) गर्दै सडकको स्तरोन्नति गर्ने कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि सारिदै आएको देखिन्छ। एक वडाबाट अर्को वडा जोड्ने अन्तर वडास्तरीय सडक निर्माण गर्ने नीतिगत निर्णय गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने हुन्छ। वडास्तरमा स्तरोन्नति गरिएका सडकलाई कालोपत्रे गर्ने कार्यक्रममा घोराही उपमहानगरवासीको उत्साहपूर्ण लागत सहभागिताका कारण सडक पिच गर्ने कार्यले उल्लेख्य गति प्राप्त गरेको स्पष्ट हुन्छ।

यो पङ्तिकार हरिप्रसाद पाण्डेय घोराही नगरपालिकाको नगर प्रमुख (मेयर) समेतको जिम्मेवारी सहित कार्यकारी अधिकृत पदमा करिव छ वर्षसम्म कार्यरत रह“दा घोराही नगरपालिकाको सर्वाङ्गीण विकास निर्माण कार्यको गतिलाई तीब्रता प्रदान गर्ने गराउने कार्यमा निरन्तर प्रयत्नशील रह“दै आएको हो। घोराही नगरपालिकाको भौतिक पूर्वाधार विकासका लागि चक्रपथ निर्माण गर्दा कोशेढुङ्गा सावित हुने देखिएकोले घोराही नगरवासीहरुको इच्छा, आकांक्षा, चाहना, आवश्यकता र भावनालाई सम्मान गर्दै २०६७ साल जेठ ३० गते यो पङ्तिकारको अध्यक्षतामा बसेको चौंधौं नगरपरिषद्को बैठकले घोराही नगरस्तरीय चक्रपथ (च्ष्लन च्यबम) आयोजना स्वीकृत गरी सर्राबाट निर्माण कार्य शुभारम्भ गरिएको थियो। चक्रपथ आयोजनाको निर्माण कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न गराउनको लागि छुट्टै निर्देशिका आवश्यक पर्ने भएकोले स्थानीय स्वायत्त शासन नियमावली २०५६ को नियम २७६ ले दिएको अधिकार प्रयोग गरी घोराही नगरपालिका दाङको २०६७ साल पुस २८ गते बसेको पन्ध्रौं नगरपरिषद् बैठकबाट घोराही नगरस्तरीय चक्रपथ (च्ष्लन च्यबम) निर्माण तथा ब्यवस्थापन निर्देशिका २०६७ स्वीकृत भएको थियो।
घोराही उपमहानगरस्तरीय चक्रपथ निर्माण गर्न आवश्यकता किन ? नगरको बढ्दो शहरीकरण सुब्यवस्थित गर्न। कृषि उत्पादन बृद्धि गर्ने मल, विउ, किटनाशक औषधि र कृषि औजार सहजै सबै स्थानमा पु¥याउन। कृषि उत्पादित वस्तु सरल तथा सहजरुपमा बजार पह“ुच बढाउन। घोराही नगरपालिका क्षेत्रभित्रका सबै जग्गा र चक्रपथ स“ग जोडिएका गाउ“ विकास समितिको क्षेत्रका जग्गाको मूल्याङ्कन बृद्धि गर्न। घरेलु तथा साना उद्योग स्थापना गर्ने कार्यमा सहयोग गर्न। नगरका सबै टोलवस्तीबाट जिल्ला सदरमुकाम आउने जाने यातायात सुविधालाई सहज बनाउन। उत्पीडित, उपेक्षित पिछडिएको वर्ग समुदायको क्षेत्रगत विकास गर्न। भौतिक पूर्वाधार विकासलाई समावेशी बनाउन। ब्यावसायिक प्रविधिको विकासमा इ“टा थप गर्दै नगरवासीको जीवनस्तर माथि उठाउन।

SPONSORED

घोराही उपमहानगरपालिका भइसकेको अवस्थामा पहिले शुभारम्भ गरिएको चक्रपथलाई आन्तरिक चक्रपथको रुपमा निर्माण गरी अर्को बाहिरी चक्रपथ बनाउन सकिन्छ। घोराही उपमहानगरस्तरीय चक्रपथ निर्माण गर्दा लमही–तुलसीपुर सडकको कुइरेपानी खण्डबाट शुरु गरी वडा नं. ५ स्थित पवित्र तीर्थस्थल धारपानी, धर्ना दामोदर सडक, आन्द्राभरैया वडा नं. ९ को मछाई, कर्मटिया, एकलघरुवा, बुकाली डा“डा, वडा नं. ११ मज्गैं, गणेशपुर, वडा नं. १२ को आ“खा अस्पताल रोड हु“दै वडा नं. १३ को बाह्रकुने दह। यसैगरी वडा नं. १८ को रानीजरुवा, गिठेपानी, मसिना, बा“सखोली अम्बापुर, वडा नं. १७ को डबरी, पालुथान, वडा नं. ४ को बसन्तपुर स्यालापानी, लक्ष्मीपुर, बि.पी.मार्ग, वडा नं. १ को सिमलतारा, वडा नं. २ को बलरामपुर हु“दै कुइरेपानी जोडनेगरी निर्माण गर्दा नगरको बृहत्तर हित हुने देखिन्छ। नगर प्रमुख नरुलाल चौधरीको नेतृत्वमा गठित स्थानीय सरकारले उक्त प्रस्तावित चक्रपथ निर्माण कार्यलाई पूर्णता प्रदान गर्दै घोराही नगरलाई आर्थिक दृष्टिले समृद्ध बनाउनेछ भन्ने आशा एवं विश्वास गरौं।

घोराही उपमहानगरस्तरीय चक्रपथ निर्माण गर्दा नगरको मात्र नभई समग्र दाङ जिल्ला हु“दै राष्ट्रिय अर्थतन्त्रमा समेत काशेढुङ्गा सावित हुन सक्छ। यस्तै विविध महत्वपूर्ण क्षेत्रमा योगदान पु¥याउनको लागि घोराही उपमहानगरस्तरीय आन्तरिक र बाह्यगरी दुईवटा चक्रपथ आयोजनालाई कार्यान्वयन गर्न अत्यावश्यक देखिन्छ। भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पु¥याउने चक्रपथ निर्माण कार्यलाई पूर्णता प्रदान गर्न दाङ जिल्लास्थित सम्पूर्ण राजनीतिक दलहरु, उद्योगी व्यवसायीहरु, शिक्षक तथा विद्यार्थीहरु, नागरिक समाज, गैरसरकारी संघसंस्थाहरु, बुद्धिजीवीवर्ग,न्यायप्रेमी ब्यक्तित्वहरुलगायत घोराही नगरवासी दाजुभाइ, दिदीबहिनीहरुको सहभागितामूलक हातेमालो गर्ने बेला आएको छ। यस्तो महायज्ञमा सबै सहभागी भई आफ्नो नगरको पूर्वाधार विकास गर्ने गराउने कार्यमा एकजुट होऔं भन्दा अत्युक्ति नहोला।