दिगो कृषि विकासका लागि युवाको भूमिका

२०७५ पुष १९, बिहीबार २०:५३ मा प्रकाशित

शुलभ बैद्य
हाम्रो देशमा धेरैजस्तो घरपरिवारको आर्थिय आयआर्जनको प्रमुख स्रोत कृषि हो । कृषि क्षेत्रमा कुल जनसंख्याको ६४ प्रतिशत खटिएको छ र हाम्रो देशको कुल ग्रहास्थ उत्पादन ४० प्रतिशत हिस्सा कृषि र कृषिजन्य उत्पादना मार्फत प्राप्त हुन्छ । त्यसैले कृषि क्षेत्रलाई बृद्धि विकास र विस्तार गर्नको लागि दिगो कृषिको भूमिका मुख्य रहन्छ ।

दिगो कृषि भन्नाले हाल भएको स्रोत साधनहरु जस्तै माटो, पानी, वनजंगल आदिको उचित प्रयोग गरी वर्तमान आवश्यकताहरु परिपूर्ति गरेर भावि सन्ततीलाई सही रुपमा वा संरचना नविगारी ति श्रोत र साधनहरु हस्तान्तरण गर्नुलाई नै सामान्यतया दिगो कृषि भनिन्छ । नेपालको हकमा कृषि प्रधान देश भएतापनि युवाहरु कृषि भनेपछि अलिक टाढा बस्न खोज्ने संस्कृति छ ।

SPONSORED

हाम्रो दैनिक जीवनयापनका लागि चाहिने प्रमुख आधार नै कृषि हो भने हामी युवाहरु कृषिप्रति अग्रसर किन नहुने ?
देशमा भएको बेरोजगारी अन्त्य गर्न कृषिको मुख्य भूमिका रहन्छ । अबको कृषिलाई कसरी दिगो, आधुनिक र प्राङ्गारिक गराउने भन्ने नै युवाहरुको काँधमा छ । त्यसको लागि युवालाई प्राप्त ज्ञान सिपको आवश्यकता छ । पौराणिक तवरबाट जरी किसानहरुले विभिन्न किसिमका विषधिहरु प्रयोग गरिरहेका छन् ।

त्यो क्षणिकका लागि राम्रो तथा उत्पादनमुखी होला तर दिर्घकालिन रुपमा स्वास्थ्य र वातावरणमा पर्ने नकारात्मक असरहरु बेहोर्नुपर्ने हुन्छ ।
तथ्यांक अनुसार अहिले पनि नेपालमा तराईमा २५ प्रतिशत, पहाडमा ९ प्रतिशत र हिमालमा ७ प्रतिशत विषदि प्रयोग गरेको पाइन्छ । जसले गर्दा वर्षेनी माटोको उर्वराशक्तिमा ह्रास आइरहेको छ । यसको रोकथामको लागि प्राङ्गारिक कृषिको अवधारणा र युवा लक्षित दिगो कृषि कार्यक्रमहरुमा जोड दिनु आवश्यक छ ।
युवाको भूमिका
युवाले गर्ने कृषि दिगो, आधुनिक र प्राङ्गारिक हुनुपर्दछ । त्यसको लागि दक्ष जनशक्ति, सिप, ज्ञान अपरिहार्य छ । युवाले जोड दिने भनेको प्राङ्गारिक कृषिमा आधुनिक प्रविधि प्रयोग गरेर कृषिलाई दिगो बनाउनु नै हामी युवाको प्रमुख उद्देश्य हो । त्यसको लागि स्वयम् युवा नै अग्रसर हुन आवश्यक छ । अबको कृषि क्रान्ति आधुनिक तवरबाट सञ्चालन हुन आवश्यक छ । त्यसको लागि विकास भएका नयाँ तथा अत्याधुनिक प्रविधिहरु जस्तै ज्थमचयउबलष्अक, बअचयउयलष्अक तष्त शभचय तष्ििबनभ mभतजयम इत्यादिको उपयोगिताबारे जानकारी युवावर्गमा हुन जरुरी छ । अहिलेको सन्दर्भमा हेर्ने हो भने युवाहरुमा दिनानुदिन विदेश पलायन हुने संख्या बढ्दो छ । यदि सरकारी तथा गैरसरकारी क्षेत्रबाट दिइने युवा लक्षित सिप र अभिमुखीकरण तालिम प्रदान गर्न सकियो भने अवश्यक पनि युवाहरु आत्मनिर्भर हुन सक्छन् । राज्य संयन्त्रबाट पनि युवालाई कृषिमा लाग्न अभिप्रेरित गर्ने किसिमका योजनाहरु अगाडी सार्न आवश्यक छ । हालसालै नेपाल सरकारले मार्कसिटबाट ऋण दिने युवाहरुको लागि सकारात्मक पक्ष हो । यस्ता किसिमका योजनाले युवाहरुको मनोबल झन् बढेर देश र कृषिको लागि केही गर्न सक्छु भन्ने आत्मविश्वास झन् बढेर आउँछ । अब हामी युवाले विदेशीएर होइन आफ्नै मातृभूमिमा आफु र आफ्नो भावि सन्ततीलाई हित हुने गरी दिगो र आधुनिक कृषिमा होमिन आवश्यक छ ।

SPONSORED