सांसद सुजिता शाक्यले जनाइन् भूपू गोर्खा सैनिकको न्यायपूर्ण मागहरूप्रति एेक्यवद्दता

२०७५ मंसिर ११, मंगलवार १९:३९ मा प्रकाशित

घोराही, मंसिर ११ । भूपू गोर्खा सैनिक सहयोग समिति, गोर्खा भूतपूर्व सैनिक संगठन(गेसो) र गोर्खा सत्याग्रहको संयुक्त पहलमा अन्तर्राष्ट्रिय सम्वन्ध समितिको
सभापतिसहितको अनौपचारिक छलफलमा सहभागी हुने मौका मिल्यो। विगतमा बृटिस सरकारले गोर्खा भर्ति केन्द्र खडा गरेर गाउँ गाउँबाट खोजी खोजी हाम्रो देशबाट लाखौं होनहार युवाहरूलाई लगेर आफ्नो उपनिवेश विस्तार गर्ने काममा लगायो, विश्वकै ठूलो शक्तिशाली र समृद्ध राष्द्र बन्न सफल भयो। तर त्यो समृद्धि हाम्रै नेपाली छोराहरूको रगत, पसिना र श्रमको शोषणबाट गरेको सत्यतथ्य हाम्रो सामु छ । युद्धमा हजारौंले ज्यान गुमाउनु पर्यो त्यस वापत धेरै परिवारका उचित क्षतिपूर्तिबाट समेत वञ्चित भए। आज वहाँहरूको परिवारका सदस्यहरू त्यस्तै नियति भोग्दै खाडी, मलेशिया, कोरिया, हङ्कङ्, ब्रिटेन, अमेरिकाजस्ता देशहरूमा गई काम गर्न र प्रवासीकै जीवन बिताउन बाध्य छन्। तसर्थ अब वहाँहरूले न्याय पाउनै पर्छ। वहाँहरू न्यायप्राप्तिका लागि लामो समयदेखि संघर्षरत हुनुहुन्छ। तसर्थ अव न्याय दिलाउन नेपाल सरकार(बृटिश सरकारको द्धिपक्षीय वार्ताबाट समस्याको दिगो ढंगले समस्या समाधानको उपाय खोज्नुपर्छ भन्ने वहाँहरूको प्रस्ताव जायज छ। वहाँहरूको न्यायपूर्ण मागहरू हामी सबै नेपालीहरूको माग हो यसप्रति संवेदनशील र गम्भिरतापूर्वक आवाज उठाउनु संसारभर छरिएर रहेका नेपाली, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका मानव अधिकारकर्मीहरूको पनि दायित्व हो।