मेटमणि भन्छन्–जनताको खरको छानो हटाएर टिनको छानो हाल्ने चुनावि नाराको सपना पुरा हुने भयो’

२०७५ मंसिर ८, शनिबार १९:४४ मा प्रकाशित

सपना पुरा हुने भयाे
१। खरले छाएको सबै घरमा जस्तापाता लाग्नेछ ।
२। सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि,२०७५ बन्यो ।
३। सबै घरलाई ५० हजारको दरले दिने कार्यक्रम छ ।

बाल्यकाल देखि नै खरको छाना हटाउने मेरो सपना थियो र त्यो पुरा गर्न द्रढ संकल्प पनि त्यतिकै नै थियो । यसैले मैले सबै घरको खरको छानाहरू हटाउने र सबै घरहरूलाई जस्तापाताले छाइदिने मेरो चुनावि नारा बनाए । यो नारालाई जनताको विचमा राख्दै गर्दा बहुसंख्यक जनताहरू खुशि हुनु भएको थियो भने विपक्षि साथिहरू हावाको सज्ञा दिनु भयो भने आफनै कार्यकर्ताहरूले समेत अगाडि नभनेपनि पछिबाट यि लगाँउछस भन्दै खिसिट्युरो गर्नु हुन्थ्यो ।
चुनाव जितेपछि विजयि सभा लगायत सबै खाले सभाहरूमा मेरो चुनावि नारालाई पुरा गर्ने विश्वास दिलाइ नै रहे र काठमाडौं आएपछि त झन नारालाई सार्थक बनाउनको लागि अभियान नै चलाए । अभियानले सफलता प्राप्त गरयो । नेपाल सरकारको कार्यक्रम बन्यो र प्रत्येक घरलाई छानामुक्त बनाउनको लागि ५० हजारको दरले उपलब्ध गराउने भनेर वजेट वक्तव्यको १५४ बुँदामा उल्लेख भयो ।
यसैको जगमा टेक्दै सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि , २०७५ बन्यो ।
यसको कार्यान्वयनको लागि केन्द्रमा केन्द्रीय सुरक्षित नागरिक आवास समन्वय समिति शहरि विकास मन्त्री संयोजक रहेको १२ सदस्यीय बनेको छ भने जिल्लामा कार्यविधिको १५ नं बुँदामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र सुरक्षित नागरिक आवास समन्वय समितिको व्यवस्था गरेको छ । जसको क नं मा सम्बन्धित निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित संयोजक रहने गरि शहरि विकास तथा भवन निर्माण विभाग सदस्य सचिव र सदस्यमा प्रमुख जिल्ला अधिकारि वा निजले तोकेको अधिकृत स्तरको प्रतिनिध र सम्बन्धित स्थानिय तहको प्रमुख प्रशासकिय अधिकृत रहनु हुनेछ ।
अवदेखि कुनै पनि नेपालि जनताहरूका वास खरको छानामुनि हुनेछैन । सबै घरमा जस्तापाताको छाना हुनेछ । वर्षातमा पानि चुहिने डर र हावाहुरिको समयमा छाना लग्ने भयबाट नेपालि जनता मुक्ति प्राप्त गर्दैछन् ।
आज म निकै खुशि छु ( मेरो चुनावि नाराले सार्थकता पाएको छ । मैले उठाएको आवाजको कारण सबै नेपालि जनताहरू खरको छानाबाट मुक्ति पाउने ग्यारेन्टि भएको छ ।