भरतपुर फुटबल मैदान संरक्षणमा घोराहीको १५ नम्वर वडाले क्याम्पससंग सहमतिमा लिन सकेन्न

२०७५ मंसिर ३, सोमबार २०:५१ मा प्रकाशित

नरेन्द्र पुन, महासचिव, दाङ जिल्ला फुटवल संघ
तत्कालीन समयमा २५÷३० लाख राष्ट्रिय फुटबल च्याम्पियनसिपको लागि फुटबल मैदान बनाउन माग भएको थियो तर चुनाव समय भएको कारण विवादमा परेपछि सो बजेटको पहल स्थानीय स्तरबाट गरिएन । राष्ट्रिय च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि क्याम्पसले सहमति दिएको थियो सो अनुसार फुटबल ग्राउन्ड बनाउनमा दाङ जिल्ला फुटबल संघ लगायत स्थानीय क्लव, संघसंस्था, वडा कार्यालय १५ र घोराही उपमहानगरपालिका सबैको सहयोग रहयो ।

२०७४ माघ ६ गते राष्ट्रिय च्याम्पियनसिप फुटबल प्रतियोगिता सकियो । १७ सय जना भन्दा बढिले श्रमदान गरेको, ३ सय जना देश तथा विदेशमा रहनु भएका फुटबल प्रेमीको आर्थिक सहयोगमा सम्पन्न गरिएको घाँसे फुटबल मैदान २ मंसिर २०७५ सम्म आईपुग्दा न क्याम्पसले संरक्षण गर्न सफल भयो, न वडाले न उपमहानगरपालिकाले यश विषयमा हामी धेरै पटक क्याम्पस, वडा नम्बर १५ र उपमहानगरपालिका पुग्यौ ।

वडाले क्याम्पस सँग उक्त फुटबल ग्राउन्ड सहमतिमा लिन सकेन, जसको कारण ती सयौ हुदै हजारौको आर्थिक, भौतिक र श्रमदान खेर मात्रै गएन । फुटबल ग्राउन्ड सम्झौता स्थानीय तहको तल्लो वडाले कार्यान्वयन गर्न नसके पछि उक्त फुटबल ग्राउन्डमा सुरुमा चुनावको वेला माग गरीएको बजेट नै निकासा भएन् ।