आठौं राष्ट्रिय खेलकुद- आजदेखि एथ्लेटिक्स प्रतियोगिता शुरु

२०७६ बैशाख ५, बिहीबार ०८:०३ मा प्रकाशित

घाेराही, ५ बैशाख । दाङको बेलझुण्डीमा बिहीबार आजदेखि आठौं राष्ट्रिय खेलकुद अन्तरगत एथ्लेटिक्स प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको औपचारीक उद्घाटनसँगै खेल शुरू भएकाे हाे। आज १०० मिटर महिला, पुरुष हिट, ४×१०० मिटर रिले हिट,एक हजार मिटर महिला, पुरुष फाइनल र सटफुट भइरहेका छन् ।

SPONSORED

आगामी बैशाख ९ गतेसम्म संचालन हुने प्रतियोगितामा महिला,पुरुषको समान १८ इभेन्ट्स १००, २००, ४००, ८००, १५००, ५००००, १०००० मिटर छोटो तथा लामो दुरीका दौड, म्याराथन ४२.१९५ किलोमिटर, ४×१००,४×४०० रिले, लङजम्प, हाईजम्प, ट्रिपलजम्प, सर्टफुट, ज्याभलिन थ्रो, डिस्कस थ्रो, १०० मिटर हडल्स् महिला,पुरुष, ४०० मिटर हडल्स्मा प्रतिष्पर्धा हुने छन् ।

SPONSORED

साे खेलका लागि विभागिय टिम नेपाल पुलिस, नेपाल आर्मी, शसस्त्र प्रहरीको एपीएफ र सात प्रदेश तथा एन. आर. एन.टिम विच कडा प्रतिस्पर्धा हुने मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समितिका उपनिर्देशक चन्द्रबहादुर गुरुङले जानकारी गराए ।

SPONSORED