आठौँ राष्ट्रिय खेलकुद- बैशाख ४ गतेकाे अपडेट, के के भयाे !

२०७६ बैशाख ४, बुधबार २०:०५ मा प्रकाशित

घाेराही, बैशाख ४ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत घोराहीमा आजबाट सुरु भएको महिला फुटवल प्रतियोगितामा प्रदेश नं. २ र विभागीय टोली एपीएफले बिजयी शुुरुवात गरेका छन् ।

सुदुरपश्चिम प्रदेश र प्रदेश नं. २ विच भएको उद्घाटन खेलमा २ नं. प्रदेश ४—० गोल अन्तरले बिजयी भयो । प्रदेश नं. २ लाई जित दिलाउन निकिता ठोकरले २ गोल , रजनी ठोकर र रोशनी लिम्वुले १–१ गोल गोल गरे ।

SPONSORED

यूस्तै, एपीएफले प्रदेश नम्बर एकलाई ६–० ले हरायो । कपिलबस्तुमा भएको खेलमा एपीएफको जितमा सावित्रा भण्डारीले चार गोल गरिन । एपीएफले खेलको पहिलो हाफमा ४ र दोश्रो हाफमा २ गोल गरेको थियो ।

SPONSORED

यस्तै, आठौं राष्ट्रिय खेलकुद अन्तर्गगत दाङको लमहीमा संचालित महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ र प्रदेश नं २ ले विजयी सुरुवात गरेको छन् । प्रतियोगिताको उद्घाटन खेलमा टस हारेर व्याटिङ्ग गर्न आएको ५ नं प्रदेश १५ दशमलव २ ओभरमा अलआउट हुदै ७० रन बनायो । ७१ रनको लक्ष्य पच्छ्याएको प्रदेश १ ले १४ दशमलव ५ ओभरमा आफ्ना ३ विकेटको क्षतिमा ७४ रन लिएर ७ विकेटले जित हासिल गर्यो ।

SPONSORED

यसैगरी आजै सम्पन्न दोस्रो खेलमा २ नं प्रदेश ६२ रनले बिजय भएको छ । टस जितेर गण्डकी प्रदेशले फिल्डिङ रोजेको थियो । प्रदेश नम्बर २ ले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ३५ रन बनाउन सफल भयो । १ सय ३६ रनको विजयी लक्ष्य पच्छ्याएको गण्डकी प्रदेशले २० ओभरमा आफ्ना ८ विकेटको क्षतिमा ७३ रनमा सिमित बन्न पुग्यो । भोलीको खेल बिहान प्रदेश नम्बर १ र २ का बिचमा र दिउसो एपीएफ र प्रदेश ७ का बिचमा हुने छ । यो प्रतियोगितामा कर्णाली प्रदेश बाहेक ६ प्रदेश र एक विभागिय टिम शसस्त्र प्रहरीको एपीएफ गरि ७ टिमले भाग लिएका छन् ।

यस्तै, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दाङको घोराहीमा भएको बास्केट बल प्रतियोगितामा पुरुष तर्फ त्रिभुवन आर्मी क्लव र महिला तर्फ नेपाल पुलिस क्लव प्रथम भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १८ सालघारीमा गत चैत्र २८ गते देखी सुरुभएको प्रतियोगितामा ३ नम्बर प्रदेशलाई ५८-७६ स्कोरले हराउदै त्रिभुवन आर्मी क्लव प्रथम भएको हो । प्रतियोगितामा ३ नम्बर प्रदेश दोस्रो हुन सफल भएको छ ।
त्यसैगरी गण्डकी प्रदेशलाई ५४-७४ स्कोरले पछि पार्दै नेपाल पुलिस क्लव तेस्रो भएको छ । यसैविच महिला तर्फ प्रदेश ३ लाई २९-५४ स्कोरले पछि पार्दै नेपाल पुलिस क्लव प्रथम भएको छ ।

महिला तर्फ प्रदेश ३ दोस्रो भयो भने सुदुरपश्चिम प्रदेशलाई ३९-५१ स्कोरले पछि पार्द त्रिभुवन आर्मी क्लव तेस्रो भएका छन् । प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय खेलाडी गरी १० समुह प्रतिस्पर्धामा उत्रिएका थिए । प्रतियोगिताको आज समापन गरिएको बास्केट बल संघ दाङका अध्यक्ष बिपिन केसीले बताए ।

यसैबीच, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नवाैं दिनको खेल सकिँदा पदक तालिकामा त्रिभुवन आर्मीले आफुलाई शिर्ष स्थानमा राख्न सफल भएको छ । उसले अहिलेसम्म २६ स्वर्णका साथ कुल ६८ पदक जितेको छ । जसमा २३ रजत र १९ कास्य छन । यस्तै दोस्रो स्थानमा रहेको नेपाल पुलिसले १७ स्वर्ण, १४ रजत र १६ काश्य जितेको छ । तेस्रो स्थानमा एपीएफ क्लव छ ।

उसले १२ स्वर्ण, ११ रजन, २० काश्य सहित ४३ पदक हात पारेको छ । चौथो स्थानमा रहेको प्रदेश तीनले सात स्वर्ण जितेको छ भने प्रदेश दुई र सुदुरपश्चिम प्रदेश समान ६–६ स्वर्ण जितेका छन ।