क्रिकेट संघ दाङद्वारा जुनियर टिम सार्वजनिक

२०७५ चैत्र २, शनिबार ०८:०६ मा प्रकाशित

दाङ, चैत २ । क्रिकेट संघ दाङले जुनियर टिम सार्वजनिक गरेको छ । भविष्यमा हुनसक्ने जुयिर प्रतियोगीतालाई मध्यनजर गरी ३५ सदस्यीय जुनियर टिम तयार पारेको संघका अध्यक्ष प्रदिप मजगैयाले जानकारी दिनुभयो ।
शान्ति निकेतन विद्यालयको आयोजना तथा तपस्या टे«डर्सको मुख्य प्रायोजन र क्रिकेट संघ दाङको प्राविधिक सहयोगमा गत चैत २१ गतेदेखि २५ गतेसम्म घोराहीमा भएको तपस्या कप जिल्लास्तरिय विद्यालय टि–२० क्रिकेट प्रतियोगीताबाट १६ वर्षमूनिको जिल्लाको क्रिकेट टिम तयार पारेको अध्यक्ष मजगैयाले जानकारी दिनुभयो ।
विद्यालयस्तरमा क्रिकेटको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगीतामा सहभागी खेलाडीहरुले अत्यन्तै उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै अध्यक्ष मजगैयाले छनौट भएका खेलाडीहरुलाई नियमित प्रशिक्षण दिने र अन्य जिल्लाका खेलाडीहरुसँग् मैत्रीपूर्ण प्रतियोगीता सञ्चालन गर्दै लैजाने बताउनुभयो ।
छनौट चरणको प्रतियोगीता भनेर विद्यालयमा पत्राचार गरे तापनि सबै विद्यालयले प्रतियोगीतामा सहभागीता नजनाएकाले प्रतिभावान खेलाडीहरु अवसरबाट वञ्चित भएको बताउँदै अध्यक्ष मजगैयाले भन्नुभयो, ‘हाम्रो आधिकारिक संस्था क्यान निलम्वनमा भएकाले हामीले प्रतियोगीता सञ्चालन गर्न सकिरहेका छैनौं । विभिन्न संस्थाले आयोजना गर्ने प्रतियोगीतालाई संघको निगरानीमा राखेर सञ्चालन गरिरहेका छौं । शान्ति निकेतनले आयोजना गरेको प्रतियोगीताबाट जिल्लाको जुनियर टिम छनौट गर्ने भने पनि राम्रा खेलाडी भएका विद्यालयले टिम नपठाउँदा दुखित तुल्याएको छ ।’
विद्यालयस्तरिय प्रतियोगीतामा जिल्लामै पहिलोपल्ट हार्डवलको प्रयोग गरिएको भन्दै अध्यक्ष मजगैयाले अब हार्डवल बाहेकका प्रतियोगीतामा संघको सहयोग नरहने बताउनुभयो । जिल्लाका १२ वटा विद्यालयको सहभागीता रहेको प्रतियोगीताबाट छनौट खेलाडीहरुलाई केही समयभित्रैबाट अभ्यास गराइने अध्यक्ष मजगैयाको भनाइ छ ।
छनौट भएका खेलाडीहरु
१. सन्दिप पोख्रेल
२. बिपिन खड्का
३. अभिषेक केसी
४. संगीत केसी
५. युवराज सुवेदी
६. वसन्त रिजाल
७. युकेश थापा
८. पदम घर्ती मगर
९. आशिष वली
१०.आयुष वली
११.आर्यान घिमिरे
१२.आयुष अधिकारी
१३. संस्कार पछाई
१४. प्रशान्त जि.एम
१५. गगन थापा
१६. इशान चौधरी
१७. शरद सुवेदी
१८. सुमन दसौदी
१९. सुदन भण्डारी
२०. दक्ष ठाकुर
२१. सुप्रिम रोका
२२. प्रकाश खनाल
२३. कमल बि.एम
२४. सुप्रिम घिमिरे
२५. रोहन कर्ण
२६. रविन्द्र अधिकारी
२७. प्रदिप अधिकारी
२८. जीवन आले मगर
२९. अभिषेक खनाल
३०. आकर्ष पाण्डे
३१. प्रभाकर जि.एम
३२. नविन मोतीखर्के
३३. अर्पण सेन्चुरी
३४. विजय पौडेल
३५. विभव पोख्रेल

SPONSORED