घोराही, असोज २३ । लमही नगरपालिका वडा नम्बर ५ देउखुरी स्थित गोरक्ष फ्रेण्ड्स युवा क्लव लमहीले खुला फुटवल प्रतियोगिता गर्ने भएको छ ।

वडा दशैँ तथा शुभ दिपावलिको अवसर पारेर यहि असोज २९ गतेदेखी फुटवल प्रतियोगिता आयोजना गरीएको हो । खेल लिग चरणमा खेलाइने भन्दै आयोजक संस्थाले प्रतियोगितामा सहभागि हुन सबैलाई आग्रह गरेको छ । फुटवल समुह दर्ता गर्ने अन्तिम मिति असोज २७ गते बेलुकि ४ बजेसम्म रहेको भन्दै क्लवले इन्ट्री फीकारुपमा ५ हजार पाँच सय रुपैयाँ तोकेको छ । एम आर एम मैदानमा आयोजना हुने फुटवल प्रतियोगितामा समुह दर्ता गर्नेक्रम सुरु भइसकेको भन्दै प्रतियोगितामा विजयि हुनेलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँ मेडल र प्रमाणपत्र प्रदान गरीनेछ भने दोस्रो हुनेलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ नगदसहीत मेडल र प्रमाणपत्र दिइने छ ।