लक्ष्मण बस्नेत १४ असार दाङ ! दाङ तुलसिपुर अरनिको मैदानमा संचालित सक्सेस कप ईन्टर स्कुल फुटबल प्रतियोगिता २०७५ को उपाधी जनश्रम माबी खाद्रेले हात पारेको छ ! सक्सेस फुटबल क्लब तुलसिपुरको आयोजनामा संचालित प्रतियोगिताको फाईनलमा ट्राइवेकर अन्तरगत सर्ट एण्ड डेथमा पराजित गर्दै जनश्रमले उपाधी चुमेको हो !
उपाधी सगै उसले नगद २० हजार, ट्रफी मेडल तथा प्रमाणपत्र हात पारेको छ ! उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेल मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलमा सशक्त र सान्दार प्रदर्शन गरेका दुबै टिम बिच निर्धारित समय सम्म २/२ गोलको बराबरि भएपची खेल ट्राईवेकर हुँदै सर्ट एण्ड डेथमा गएको थियो ! फाईनलमा पराजित पद्मोदयले उपबिजेतामा चित्त बुझाउदै नगद १० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्‍यो !त्यस्तै प्रतियोगिता अन्तरगत तृतीय स्थानका लागि भएको खेलमा तुलसी आवासिय माबीले तृतीय स्थान हात पार्‍यो ! उसले नगद ७ हजार,ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्‍यो !
असार ७ गते देखि जारी प्रतियोगितामा दाङ जिल्लामा स्थापित २७ बिध्यालयको सहभागिता रहेको थियो ! यसैबिच प्रतियोगिताको समापन समारोह क्लबका अध्यक्ष सुरज वलिको अध्यक्षता तथा राप्ती अञ्चल सार्वजनिक यातायात ब्यबसायी समितिका अध्यक्ष सुरेश हमालको प्रमुख आतिथ्य एवं दाङ जिल्ला फुटबल सघका अध्यक्ष सुशील श्रेष्ठ तथा तुलसिपुर उपमहानगरपालिका वडा न ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहको बिशिस्ट आतिथ्यमा भएको थियो ! सो अबसरमा सर्बोउत्कृट खेलाडी पद्मोदयका मनिश बिक,सर्वाधिक गोल कर्ता गोरखा माबी तुलसिपुरका लेखनाथ महर,उत्कृष्ट गोल रक्षक जनश्रम माबी खाद्रेका टोपेन्द्र चन्द,उत्कृष्ट मिडफिल्डर जनश्रमकै पुर्ण बिक,उदयमान खेलाडी त्रीदेबका विशाल वलि, उत्कृष्ट डिफेन्स पद्मोदयका आर्यान बस्नेत र बेस्ट स्टाईकर तुलसी माबिका निशान डागिलाई घोषित गरिएको थियो ! त्यस्तै फेयर टिम आदर्श एकाडेमिलाई घोषणा गरियो ! समापन समारोहको सन्चालन क्लबका प्रेस सल्लाहकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो !