शनिवार विहान ६ र १८ विच र वेलुका ७ र १५ विच कडा प्रतिष्पर्धा खेल

घोराही, असार ८ । घोराहीमा जारी मेयर कपमा घोराही १८ सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रथम घोराही उपमहानगर स्तरीय मेयर कप रनिङ्ग फुटबल प्रतियोगिता २०७५ को क्वाटरफाइनल खेलमा १८ नम्बर वडाले १० नम्बर वडालाई १ को विरूद्ध ४ गोलले १८ नम्बर वडा विजयी भएर सेमिफाइनलमा प्रवेश गरेको हो ।आजको क्वाटरफाइनल खेलमा १८ नम्बर वडाका खेलाडी कुमार पुन खेलको म्यान अफ द म्याच भएका छन । शनिवार विहान साढे ७ बजे वडा नम्बर ६ र १८ विच कडा प्रतिष्पर्धा हुने भएको छ भने सोही दिन वेलुका साढे ४ बजेदेखी घोराही ७ र १५ विच प्रतिष्पर्धात्मक खेल हुनेछ ।