घोराही ७ द्वारा ११ माथि ४ गोल प्रहार, घोराही १४ ले १९ लाई ९ गोल हान्यो

२०७५ जेष्ठ २७, आईतवार २०:२१ मा प्रकाशित

घोराही,
२७ जेठ । शुक्रबार देखी घोराहीमा सुरु भएको प्रथम घोराही नगरस्तरीय मेयर कप रनिङ फुटवल प्रतियोगिता लिग कम नक आउट २०७५ को तेस्रो दिनको अन्तिम खेलमा वडा नम्बर ७ ले जित हात पार्न सफल भएको छ। घोराही ७ र वडा नम्बर ११ विच भएको खेलमा वडा नम्बर ७ ले वडा नम्बर ११ लाई शून्यका बिरुद्ध ४ गोलले पराजित गरेको छ ।

दर्शकहरुको उलेख्य उपस्थिती रहेको उक्त खेल निकै प्रतिष्पर्धात्मक र रोचक बनेको थियो । खेलको मध्यान्तर हुनुपुर्व पाएको पेलान्टी सुटवाट वडा नम्बर ७ का टिम क्याप्टेन सम्राट शाहले एक गोल गरेर विजयको सुरुवात गरेका थिए । वडा नम्बर ७ का खेलाडी अमित चौधरीले २ , विजय रोकाले एक गोल गरेका हुन ।
घोराही उपमहानगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा तेस्रो दिनमा अन्तिम खेल वडा नम्बर ७ र ११ का बिच भएको थियो । खेल अबधीभर वडा नम्बर ११ का खेलाडीले एक गोल पनि गर्न सकेनन् । वडा नम्बर ७ को टिम क्याप्टेनमा सम्राट शाह, टिम कोचमा शरद पाण्डे र ब्यवस्थापकमा लोकबहादुर कवर(वद्री) रहेका छन् ।

SPONSORED

त्यस्तै प्रतियोगिताको तेस्रो दिनको पहीलो खेलमा घोराही १४ र १९ विच भएको थियो । घोराही १४ ले शुल्यका विरुद्ध ९ गोल गरेर वडा नम्बर १९ लाई हराएको थियो । जसमा वडा नम्बर १४ का अनमोल डाँगिले ४, कमल पुन, बसन्त पुन, ललित जिएमले एक÷एक र सागर चौधरीले २ गोल गरेका हुन् । त्यस्तै दोस्रो खेल घोराही ५ र १३ विच भएको खेल गोल रहीत भएपछि बरावर भएको थियो । दुवै टिमवाट खेल अवधिभर गोल हुन सकेन् ।

SPONSORED

आयोजक अनुसार भोलि घोराही १४ र १५ विच कडा प्रतिष्पर्धात्मक खेल हुनेछ । नगरका १९ वटै वडाबाट एक एक समुह बनाएर खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । असार ११ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुने समुहलाई नगद एक लाख, कप र प्रमाण पत्र र उपविजेतालाई नगद ५० हजार सहित प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक खोपीराम चौधरीले जानकारी दिए ।

SPONSORED