अव देखी फ्रेण्डस सुपरमार्केटमा आइ.एम.इ पे मार्फत खरीद गरीएको रकमको अनलाइन भुक्तानि

२०७५ आश्विन १४, आईतवार २०:४१ मा प्रकाशित

घोराही, असोज १४ । घोराही रतनपुरस्थित फ्रेण्डस सुपरमार्केटबाट आइ.एम.इ पे मार्फत खरीद गरीएको रकमको अनलाइन भुक्तानि गर्ने डिजिटल प्रविधि सुरु गरीएको छ ।

आइतवार एक औपचारीक कार्यक्रम गरेर उक्त डिजिटल प्रविधि अनलाइन पेमेन्टको सेवा सुरुवात गरीएको सुपर मार्केटका सञ्चालक प्रकाश खत्रि क्षेत्रिले जानकारी दिनु भयो । आइ.एम.ई लिमिटेडका राप्ती अञ्चल प्रमुख सोमलाल लिम्वु(नेम्वाङ)ले सुपरमार्केटवाट विभिन्न बस्तुहरु खरीद गरेर आइ.एम.ई पे मार्फत भुक्तानि गरेर सेवाको उद्घाटन गर्नु भएको थियो । ग्लोवल आइ.एम.इ घोराहीका प्रमुख बसन्त रेग्मि, आइ.एम.ई लाइफ इन्स्योरेन्स घोराहीका व्राञ्च म्यानेजर दिपेन्द्र रावत, आइ.एम.इ मनि ट्रान्सफरका प्रमुख माधव केसि र पत्रकारहरुको उपस्थितीमा सुपरमार्केटमा अनलाइन पेमेन्टको उक्त सेवाको उद्घाटन गरीएको थियो ।

SPONSORED

ब्यापार ब्यवसायको क्षेत्रमा राप्ती अञ्चलमै पहिलोपटक आई एम ई पे मार्फत खरिद गरिएको रकमको अनलाईन भुक्तानी गर्ने ब्यबस्था फ्रेन्डस सुपर मार्केटमा मिलाईएको र यो सेवालाई सबै तिर विस्तार गर्दै लैजाने सोच रहेको आइ.एम.ई लिमीटेडका राप्ती अञ्चल प्रमुख सोमलाल लिम्वु(नेम्वाङ्)ले बताउनु भयो । साथै उहाले अनलाइन पेमेन्टको अनुमति राष्ट्र बैकवाट आइ.एम.इ ले पहिलो अनुमति पाएको भन्दै भरपर्दो र विश्वासीलो आइ.एम.ई नै रहेको समेत बताउनु भयो ।

SPONSORED

SPONSORED