अष्टे«लिया पढ्न जान चाहनेहरुका लागि दाङमा नयाँ अवसर, अष्ट्रेलियाका ७ वटा विश्वविद्यालयका महत्वपूर्ण व्यक्तिहरु आउदै

२०७५ आश्विन ३, बुधबार १५:१० मा प्रकाशित

सुनिल राजभण्डारी, म्यानेजिङ डाइरेक्टर एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस घोराही दाङ

हामिले अष्टे«लिया पढ्न जान चाहने विद्यार्थिका लागि शैक्षिक परामर्श कार्यक्रम २०७५ साल असोज ४ गते बिहान साढे ११ वजे घोराहीको भिङ्ग्रेली रिसोर्टमा परामर्स कार्यक्रमको आयोजना गरेका छौं । दाङमा पहिलो पल्ट अष्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीहरुका लागि परामर्स कार्यक्रम अर्थात् शैक्षिक मेलाको आयोजना गरेका हौ । यो कार्यक्रममा अष्ट्रेलियाका ७ वटा विश्वविद्यालयका महत्वपूर्ण व्यक्तिहरु आउनुहुनेछ । उहाँहरुसँग विद्यार्थी तथा अभिभावकसँग परामर्स गराउने छौं । कार्यक्रम बिहान साढे ११ वजेदेखि २ वजेसम्म हुनेछ ।

SPONSORED

यो शैक्षिक मेला अर्थात् परामर्श कार्यक्रमको आयोजना दाङका विद्यार्थीहरुलाई आवश्यकता थियो । विद्यार्थीहरुको आवश्कतालाई मध्यनजर गरेर हामीले कार्यक्रमको आयोजना गरेका हौं । विद्यार्थीहरु अष्टे«लिया जानुभन्दा पहिले त्यहाँको बारेमा राम्ररी बुझ्नु जरुरी छ । त्यसैले हामीले यो कार्यक्रमको आयोजना गरेका हौं ।
वास्तवमा भन्ने हो भने यो कार्यक्रम हामी दङाली विद्यार्थीहरुका लागि अत्यावश्यक थियो र छ पनि । जानकारी विना अष्टे«लिया पुगेका विद्यार्थीहरुले दुःख पाइरहेका छन् । अरु एजेन्सीहरुले यो कुरामा विचार पु¥याएको देखिदैन । हामीले शैक्षिक मेलामा विद्यार्थी र अभिभावकहरुलाई विश्वविद्यालयका जिम्मेवार व्यक्तिहरुसँग साक्षात्कार गराउने हो । यो कारणले पनि दाङका विद्यार्थीहरुले अष्ट्रेलियाका कलेज, त्यहाँको बसाई, पढाई खर्च सबैको बारेमा जानकारी पाउनुहुनेछ । अर्कोतर्फ कुन विषय पढ्नका लागि कुन कलेजमा जाने रु कुन सिटीको बसाई कस्तो हुन्छ रु कुन सिटी कम खर्चिलो हुन्छ रु यी र यावत कुराहरको जानकारी विद्यार्थीहरुले शैक्षिक मेलामा आएर पाउनुहुनेछ । अर्को कुरा यो कार्यक्रममा अष्ट्रेलियाका राम्रा ७ वटा विश्वविद्यालयका महत्वपूर्ण व्यक्तिहरु आउने हुँदा पनि स्वयं विद्यार्थीहरुले अष्ट्रेलियाको पढाईका बारेमा राम्ररी जान्न सक्नुहुनेछ ।

SPONSORED

हामीले दाङको घोराहीमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस सेन्टरको स्थापना गरेको ११ महिना पुगेको छ । यस बीचमा हामीले धेरै काम गरेका छौं । पहिलो कुरा अष्ट्रेलिया बढ्न जान चाहने दाङका विद्यार्थीहरुलाई उचित परामर्स प्रदान गरेका छौं । हामी कहाँ आउने विद्यार्थीहरुलाई हामीले उचित सल्लाह र सुझाव प्रदान गर्ने गरेका छौं । हामी सबै दाङकै भएकाले यहाँका विद्यार्थीहरुलाई हामीले तथ्यपूर्ण सल्लाह प्रदान गर्ने गरेका छौं । ताकि अष्ट्रेलिया पुगेपछि कसैले समस्या बेहोर्नुनपरोस् भन्ने हाम्रो मुख्य चाहना हो ।
दोस्रो कुरा उपलब्धीको विश्लेषण गर्ने हो भने हामीले १ सय जनालाई हाम्रै कार्यालयबाट आएल्स पढाएका छौं । यस भन्दा पहिले बुटवल, काठमाडौँ धाउनुपर्ने अवस्था थियो । हामी आएपछि यहाँ त्यो सुविधा भएको छ । ११ महिनाको समयमा हामीले १७ जना दाङका विद्यार्थी उच्चशिक्षा हासिल गर्नका लागि अष्ट्रेलिया पठाएका छौं । अझै यत्तिकै मात्रामा जाने तयारीमा हुनुहुन्छ । २ जना अभिभावकका लागि पनि हामीले भिजा उपलब्ध गराएका छौं ।

SPONSORED