नयाँ युगको नयाँ प्रविधिसंगै क्रियटिभ टेक्नो सोलुशनको सेवा विस्तार

२०७४ चैत्र २०, मंगलवार १०:२७ मा प्रकाशित

दाङ । क्रियटिभ टेक्नो सोलुशनसले आफ्नो उत्पादित बस्तुहरुको वितरण कार्यलाई विस्तार गर्न सुरु गरेको छ । विभिन्न जिल्लाका वितरकहरुसंग घोराहीमा दुई दिन सम्म भएको छलफलले क्रियटिभ टेक्नो सोलुशनसले आफ्नो सेवा विस्तार गर्ने भएको हो ।

बाँके, सुर्खेत, धनगढी महेन्द्रनगर लगाएतका क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरीसकेको हो । घोराहीमा वितरक संग दुई दिनसम्म कम्पनीको उत्पादीत सामग्रीहरुको बारेमा जानकारी गराईएको हो । कार्यक्रममा कम्पनीका सञ्चालक अमर अधिकारीले कम्पनीको उदेश्य, लक्ष्य र उत्पादन गरीएका सामग्रीहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

SPONSORED

SPONSORED

२ दिने कार्यक्रममा निशान्त आचार्यले उत्पे्ररणामुलक प्रशिक्षण दिनुभएको थियो । क्रियटिभ टेक्नो सोलुशनसले पाठशाला ( School Management Software), CTS Hospital ( Hospital Management System) , CTS Hotel ( Hotel Management System) हाम्रो हाजिरी ( Payroll Management System) , e-पाठशाला ( Online Based School Management System) बजारमा ल्याएको छ ।

SPONSORED