बुटवलवाट चित्रबहादुर केसिले भने–‘ओली नेतृत्वको सरकार कम्युनिष्ट होइन, संघीयता मुलुकका लागिल घाडो भइसक्यो’

२०७६ श्रावण २५, शनिबार २०:१९ मा प्रकाशित

२५ साउन, बुटवल । राष्ट्रिय जमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा नेतृत्वको सरकार कम्युनिष्ट नभएको बताएका छन् । सरकारमा रहेका नेताहरुको आनीवानी, आचारण, नीति, सिद्वान्त कम्युनिष्ट सिद्धान्त र आदर्शसँग मेल नखाने उनले बताए ।

पार्टीनिकट अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देहीको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै केसीले सरकारले कम्युनिष्टको नाममा भ्रम सिर्जना गरेको आरोप लगाए । ‘चुनाव जितेर सत्तामा पुग्नका लागि मात्रै नेकपाले आफूलाई कम्युनिष्ट भनेर जनतालाई भ्रममा पारेको हो’, केसीले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा आफैंले लगानी गर्ने, निजीकरण र व्यापारिकरण गर्ने, चुनावमा निष्ठावानलाई नभई करोडपतिहरुलाई टिकट बाँड्ने पार्टी प किम्युनिष्ट हुन्छ रु’

SPONSORED

अध्यक्ष केसीले राष्ट्रियता, अखण्डता र सार्वभौमिकता संकटमा परेको र सरकार विदेशीको इशारामा चलेको भन्दै देश बचाउन विदेशी शक्ति केन्ऽहरुसँग सजग रहनुपर्नेमा जोड दिए । सरकार विदेशी शक्ति केन्ऽहरुसँग बोल्न डराएकै कारण नेपाल अहिलेसम्म परनिर्भतामा रहेको र व्यापार घाटाले अर्थतन्त्र थिचिएको बताए ।

SPONSORED

नेपालमा भएका उद्योग कलकारखाना भारतको इशारामा बन्द गरिएको दाबी गर्दै केसीले सत्ताको लोभमा सत्तासिनहरु बोल्न डराएको बताए ।

SPONSORED

नेपालले तीन तहको संघीयता थेग्नै नसक्ने दाबी गर्दै केसीले केन्ऽ र स्थानीय तहलाई बलियो बनाएर प्रदेशको संरचना खारेज गर्नु पर्ने बताएका छन् ।