लुम्बिनी गुरुयोजनाको काम साढे दुई वर्षभित्रै सक्न प्रधानमन्त्रीको निर्देशन

२०७६ श्रावण १७, शुक्रबार १५:४० मा प्रकाशित

काठमाडौं, साउन १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणको काम साढे दुई वर्षभित्रै सम्पन्न गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्विनीसँग सम्बन्धित रामग्राम, कपिलवस्तु लगायत क्षेत्रको सर्वाङगिन विकास हुने गरी नयाँ मोडल तयार पार्न पनि लुम्विनी विकास कोषलाई निर्देशन दिएका हुन्।

शुक्रबार काठमाडौंमा आयोजित लुम्बिनी विकास बोर्डको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले अघि सारेको भएको लुम्विनी गुरुयोजना छिटो सक्न निर्देशन दिएको कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिए।

SPONSORED

प्रधानमन्त्री ओलीले बुद्धसँग सम्बन्धित क्षेत्रमा बौद्ध परिपथ निर्माण गर्ने कामको पनि तयारी गर्न लुम्विनी विकास कोषलाई निर्देशन दिएका छन्।

SPONSORED

कोषका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीलाई कोषले लुम्विनी गुरुयोजनाको हालसम्मको कामका विवरण तथा नेपाल भ्रमण वर्ष– २०२० लाई ध्यानमा राखेर आयोजना गर्न लागिएको बुद्ध जयन्ति र बौद्ध सम्मेलनको तयारीबारे पनि ब्रिफिङ गरेको थियो।

SPONSORED

प्रधानमन्त्री निबास बालुवाटारमा भएको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री एवं कोषका अध्यक्ष योगेशकुमार भट्टराई तथा कोषका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो।