सुकौरा,
१८-असार /   संघीय संसदका सभामुख कृष्णबहादुर महराले दाङ स्थित दंगीशरण राजा बसेको स्थानको अवलोकन गरेका छन् । बुधबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सुकौरामा रहेको दंगीशरण राजा भएको स्थानको अवलोकन गरेका हुन् ।

उनले दाङलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न दंगीशरण राजा भएको स्थानमा थारु संग्राहलय बनाउन सकिने सम्भाब्यता अध्ययन गर्नका लागि अवलोकन गरेको समेत बताए ।

SPONSORED

यसरी थारु संग्राहलय निर्माण गर्न सकेमा थारू भाषा, वेषभूषा, कला, संस्कृति, परम्परा, संस्कार, रीतिरिवाज र खानपिन तथा थारू राजा दंगीशरणको ऐतिहासिकता झल्काउने बताए । साथै बिदेशी पर्यटकहरुको समेत आगमण हुने उनको बिश्वास छ ।

SPONSORED

उनले उनले बुधबार नै दाङको तुलसीपुर १९ स्थित सक्राम ब्यारेकको समेत अवलोकन गरेका छन् । त्यस अवसरमा उनले संक्राम ब्यारेकलाई युद्ध संग्राहलयका रुपमा विकास गर्न सकिने बताए ।

SPONSORED

अवलोकनमा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, पूर्बसांसद बुद्धिराम भण्डारी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, नेकपा केन्द्रीय सदस्य हेमराज शर्मा‘डाईमन्ड’, नेकपा दाङका अध्यक्ष टिकाराम खड्का, नेकपा तुलसीपुरका अध्यक्ष खुसीराम चौधरीलगायतको सहभागिता थियो ।