मुख्यमन्त्रि शंकर पोख्रेलद्वारा वंगलाचुलीको रिभान गाउँलाई स्मार्ट कृषि कार्यक्रम लागु गरिएको घोषणा

२०७६ बैशाख ८, आईतवार १९:४५ मा प्रकाशित

रिता लामा, प्रदेश ५का मुख्य मन्त्री शंखर पोखरेलले दाङको वंगलाचुली गाउँपालिका वडा नम्वर ६मा रहेको रिभान गाउँलाई स्मार्ट कषि कार्यक्रम लागु गरिएको घोषणा सहित उद्घाटन गर्नुभएको छ ।

SPONSORED

मुख्य मन्त्री पोखरेलले स्मार्ट कृषि गाउँ कार्यक्रम प्रदेश सरकारको कार्यक्रम भएको हुदाँ यसलाई सहयोग गर्नुको लागि स्थानिय निकाय, अन्य जनसमुदाय र सहभागी कृषकलाई आग्रह गर्नुभयो ।

SPONSORED


रिभानलाई अहिले प्रदेश सरकारले तरकारी र कागतीको लागि स्मार्ट कृषि गाउँ घोषणा गरेको हुदाँ त्यही अनुसारको बजेट, पुर्वाधार विकास र प्राविधिक सहयोग गर्ने बताउनुभयो । पहिलो चरणमा रिभानका ५० घर धुरीलाई स्मार्ट कृषि कार्यक्रममा सहभागि बनाएको र ५० लाख बजेट विनियोजन गरेको उनको भनाई थियो । स्मार्ट कृषि कार्यक्रमको लागि प्रदेश सरकारले ८० प्रतिशत र सहभागित कृषकले २० प्रतिशत व्यहोर्र्नुे पर्ने छ । साथै पहिलो चरणमा रिभानमा १५० रोपनी जग्गामा कागती र १५० रोपनी जग्गामा प्लाष्टिकको घरभित्र तरकारी खेति गरिने छ ।

SPONSORED