बाआमालाई घरमै सम्मानका साथ राख्न नगर प्रमुखको आग्रह

२०७५ चैत्र २३, शनिबार २२:४३ मा प्रकाशित

घोराही, २३ चैत्र /

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जेष्ठ नागरिकहरुलाई घरमै सम्मानका साथ बस्ने बाताबरण बनाउनु सबै परिवारको दायित्व भएको बताउनुभएको छ ।

SPONSORED

 

SPONSORED

जेष्ठ नागरिक सरोकार केन्द्र घोराही १६ तेरौटेको १२ औँ साधारणसभालाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले बाउआमाको सम्मान, पालनपोषण गर्नु असल सन्तानको कर्तव्य हुने उल्लेख गर्नुभयो ।

SPONSORED

 

नगर प्रमुख चौधरीले जेष्ठ नागरिकहरु जन्मदाता मात्रै नभई सिप, अनुभब र ज्ञानको समेत भण्डार भएको भन्दै उनिहरुलाई घरमै उचित सम्मानका साथ राख्न आग्रह गर्नुभयो ।सरकारबाट जेष्ठ नागरिकले पाउने अधिकारलाई ग्यारेण्टी गर्न र जेष्ठ नागरिकहरुको जमघटका लागि दिवासेवा केन्द्र स्थापना गरेर अघि बढी रहेको उल्लेख समेत गर्नुभयो ।

 

केन्द्रका अध्यक्ष भुपाल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ठ अतिथी केन्द्रका निबर्तमान अध्यक्ष नारायणप्रसाद शर्माले जेष्ठ नागरिकहरुलाई जिउदो इतिहासका रुपमा नयाँ पुस्ताले सिक्नु पर्ने बताउनुभयो ।

 

केन्द्रले जेष्ठ नागरिकहरुको हकहितका क्षेत्रमा योगदान पु¥याएको भन्दै केन्द्रका संस्थापक तथा निवर्तमान अध्यक्ष नारायणप्रसाद शर्मा, जग्गादाता डा. प्रेमराज लोहनी, केन्द्रका सहसचिब श्यामप्रकाश आचार्य र कार्यालय सहायक हिरा शाहलाई सम्मान गरेको छ ।

 

त्यसैगरी, अक्षकोष स्थापना गर्ने गौरी लोहनी, अन्य जिन्सी तथा आर्थिक सहयोग गर्नेहरु बोधाकुमारी भण्डारी, तिलक मजगैयाँ, संयोग शाह, नारायणसिंह गुरुङ, मञ्जु गुरुङ सहित संस्थाहरु ज्ञानज्योती इन्टरनेशनल फाउण्डेशन, नेपाल एसविआई बैंक, राप्ती अटो इन्जिनियरीङ एशोसियशनलाई सम्मान गरिएको छ ।

 

केन्द्रका बरिष्ठ उपाध्यक्ष प्राध्यापक डाक्टर अर्जुनकुमार बुढाथोकीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा बोल्ने बक्ताहरुले जेष्ठ नागरिकहरुलाई परिवारले माया र सम्मानका साथ राख्नुपर्ने बताएका छन् । कार्यक्रममा सहसचिब श्यामप्रकाश आचार्यले बर्षदिनका काम र कोषाध्यक्ष भिमलाल श्रेष्ठले आम्दानी र खर्चका बारेमा जानकारी गराउनुभएको थियो ।

 

यसैबिच कार्यक्रममा घोराही १४ का नरेन्द्रलाल श्रेष्ठ र लक्ष्मिसिंह श्रेष्ठले १ लाख ५ हजार ५ सय १ रुपैयाँको अक्षकोष स्थापना गर्नुभएको छ । कार्यक्रमको सहजिकरण जेष्ठ नागरिक जिल्ला संघका उपाध्यक्ष हरीप्रसाद पाण्डेले गर्नुभएको थियो । साथै केन्द्रको परिसरमा बनाईएको गौतम बुद्धको मूर्तीको नगर प्रमुख चौधरीले अनाबरण गर्नुभएको छ ।