विकास निर्माणमा उपभोक्ताको खवरदारि आवस्यक: मन्त्री चौधरी

२०७५ चैत्र १७, आईतवार २१:१८ मा प्रकाशित

तुलसीपुर,१७ चैत ।
पाँच नम्बर प्रदेशका भौतिक पुर्वाधार तथा योजना मन्त्री बैजनाथ चौधरीले दिगो हुने गरि विकासका कामहरु गर्नुपर्ने बताएका छन । हरेक योजनाको काम गुणस्तरीय भएन भने दिगो हुन नसक्ने हुदा यसमा उपभोत्ताहरु समेत सचेत हुनुपर्नेमा उनले जोड दिएका छन । तुलसीपुर १२ हरीपौरीमा निर्माणाधिन टरीगाउ हरीपौरा डिप बोरिङ्गको अनुगमनमा पुगेका चौधरीले यस्तो बताएका हुन । विकास निर्माणमा उपभोक्ताको खवरदारी र लगानि भए मात्रै विकासले विकासले गति लिने उनले बताएका थिए ।

अनुगमन पश्चात बोरिङ्ग निर्माणको प्रगतिबारे पनि उनले जानकारी लिएका छन । मन्त्री चौधरीले बजेट अभावकै कारण निर्माण कार्य नरोक्न आग्रह गर्दै थप बजेटको ब्यवस्था गर्ने बताएका थिए । पाँच नम्बर प्र्रदेश सरकारको ७ करोड र स्थानियको जनसहभागिता बाट डिप बोरिङ्ग बन्न थालेको टरिगाँउ हरीपौरा खानेपानि संस्थाका अध्यक्ष टेक बहादुर केसीले जानकारी दिएका छन । आगामि आर्थिक बर्ष २०७६।०७७ मा निर्माण सक्ने गरि निर्माण कार्य अघि बढेको छ ।

SPONSORED

उक्त योजना सम्पन्न भए पश्चात ९ सय ३० घरधुरि लाभान्वीत हुने सचिब केदार प्रसाद आचार्यले जानकारी दिएका छन । अनुगमनका क्रममा तुलसीपुर उपमहानगरपालीकाका नगर प्रमुख घनश्याम पाण्डे,वडा नम्बर १२ का वडाध्यक्ष श्याम डागी,नेकपाका नेताहरु टिकाराम खड्का,हुकुम बहादुर बस्नेत लगायतको सहभागिता रहेको थियो ।  साथै मन्त्री चौधरी दोघरे, प्रताप कोट लुहाम सडकमा भैरहेको कामको समेत आज निरिक्षण गरेका छन । त्यसक्रममा उनले थप बजेट विनियोजनको प्रतिबद्धता समेत जनाएका छन ।