नेकपाका घोराही र तुलसीपुर कमिटी सदस्यहरुद्वारा सपथ ग्रहण

२०७५ चैत्र १४, बिहीबार २२:११ मा प्रकाशित

घोराही, १४ चैत्र /
नेपाल कम्युनिष्ट पार्टी घोराही र तुलसीपुर नगर कमिटीका सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आज नेकपाका प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोख्रेलले घोराही उपमहानगर र तुलसीपुर उपमहानगरका सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो ।

घोराहीको पार्टी कार्यालय भरतपुर र तुलसीपुरको विएस पार्टी प्यालेसमा नगरका सदस्यहरुले सथप ग्रहण गरेका हुन् । एउटा नगरमा ९९ का दरले सदस्यहरु चयन गरिएको छ । नगरमा अध्यक्ष, सचिब र ९९ जना सदस्य रहने गरी कमिटी बनाईएको छ ।

SPONSORED

घोराहीमा अध्यक्ष राममणि पाण्डे, सचिब विश्वराज आचार्य र तुलसीपुरमा अध्यक्ष खुसीराम चौधरी तथा सचिबमा माधव वलीले यस अघि नै सपथ ग्रहण गरिसक्नुभएको छ ।

SPONSORED

दुबै कमिटीका सदस्यहरुलाई बधाई र शुभकामना दिदै प्रदेश इन्चार्ज पोख्रेलले पार्टीलाई एक ढिक्का बनाएर लैजान र जनताको मन जितेर काम गर्न निर्देशन दिनुभयो । सपथ ग्रहण कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य, सांसद, स्थानिय जनप्रतिनिधी सहित नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

SPONSORED