कांग्रेसको नेतृत्व अव महिलाले गर्नुपर्छ–संग्रौला

२०७५ चैत्र १४, बिहीबार २२:०७ मा प्रकाशित

सरकारकै संरक्षणमा भ्रष्टाचार भएको आरोप

घोराही, १४ चैत्र
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले मौलाउदो भ्रष्टाचारलाई सरकारले नियन्त्रण गर्न नसकेको बताउनुभएको छ । भ्रष्टाचारमा शून्यसहनशिलताका कुराहरु सरकारले गरे पनि व्यवहारत भ्रष्टाचार झनझन बढ्दै गएको बताउनुभयो ।

नेपाल महिला संघ दाङ शाखाले आज घोराहीमा गरेको स्वागत तथा भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य संग्रौलाले केन्द्रदेखि स्थानीय तहसम्म भ्रष्टाचार मौलाईरहदा पनि सरकारले नियन्त्रण नगरी रमिते बनेको आरोप लगाउनुभयो ।

SPONSORED

त्यस्तै  प्रतिनिधिसभा सदस्य समेत रहनुभएकी संग्रौलाले सरकारका गलत क्रियाकलापहरुको संसदमा कांग्रेसले विरोध गरिरहेको उल्लेख गर्नुभयो । अर्को प्रसंगमा कांग्रेसमा रुपान्तरणको खाचो रहेको भन्दै पार्टीको नेतृत्व गर्न महिलाहरु सक्षम भएको र अवको नेतृत्व महीलाले गर्न पाउनु पर्ने वताउनु भयो ।

SPONSORED

महीला संघकि जिल्ला सदस्य निर्मला गौतम रेग्मिको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, महीला संघकी कोषाध्यक्ष जानकि सिँह, काग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति भुपबहादुर डाँगि, नेपालि काग्रेस दाङकि कोषाध्यक्ष सावित्रा राना लगायतकाले वोल्नु भएको थियो । कार्यक्रमको अध्यक्षता महीला संघकी जिल्ला अध्यक्ष गोमा रावतले गर्नु भएको थियो भने सहजिकरण संघकी जिल्ला सहसचिव मञ्जु वज्राचार्यले गर्नु भएको थियो ।

SPONSORED

त्यस्तै नारायणपुरमा पनि काग्रेस नेतृ संग्रौलासंग विशेष भेटघाट कार्यक्रम सम्पन्न भयो । साविक कांग्रेस त्रिपुरका सभापति दिपक पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।