मेटमणि चौधरीले भने–टिकापुर घटनामा जेल चलान भएका रेशम चौधरीलाई छुटाउन पहल जारी छ’

घोराही, चैत १२ । थारु कल्याणकारी सभा दाङका अध्यक्ष भुवन चौधरीले टिकापुर घटनामा जेल चलान भएका रेशम चौधरीसहीतका विभिन्न ब्यक्तिहरुलाई छुटाउन दवाव दिने उदेश्यले नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीको ध्यानाकर्षण गराएका छन् । उनले चौधरीको निवासमै पुगेर यस वारेमा पहल गर्न आग्रह गर्दै ध्यानाकर्षण गराएका हुन् ।

सांसद चौधरीले टीकापुर घटनाका राजबन्दीहरूको विषयमा आफु गम्भिर रहेको र जेल चलान भएका सांसद रेशम चौधरी लगायत ११ जना राजबन्दीहरूको रिहाईको सम्बन्धमा आफु र पार्टिको तर्फवाट पहल गरीरहेको बताएको चौधरीको भनाई उदृत गर्दै थारु कल्याण कारीणि सभा दाङका अध्यक्ष भुवन चौधरीले जानकारी दिए । सांसद चौधरीले यो मुद्दालाई राजनैतिक तवरबाट व्यवस्थापन गर्ने वारेमा सोम पाण्डे र प्रधानमंत्रीसंग पनि एक चरण कुरा भइसकेको र पुनरावेदन मार्फत रिहाई गर्ने विषयमा सरकार सकारात्मक रहेको आश्वासन दिए । उनले संवेदनशील भयर सामाजिक सद्भाव नखल्विनेगरी धैर्यधारण गर्न समेत सबैमा आग्रह गरेका छन् ।

SPONSORED

SPONSORED