उत्तरकुमार ओलिको सपना साकार पार्छौ- कोमल वलि

दंगीशरण,१०
नेपाल कम्यूनीष्ट पार्टिका केन्द्रिय सदस्य तथा ५ न. प्रदेश सचिव जग प्रशाद शर्माले स्व. माननीय उत्तर कुमार वलीको अधुरो रहेको सपनालाई साकार पार्ने कुरामा प्रदेश सरकार र केन्द्र लागि परेको बताउँनु भयो । पश्चिम क्षेत्रको केन्द्र विन्दुका रुपमा रहेको सांसद वलीको छोटो समयमै धेरै योगदान रहेको भन्दै उहाँको निधनले पश्चिम बासी र पार्टिलाई ठूलो क्षेती पुगेको उहाँले बताउँनु भएको थियो । नेपाल कम्यूनिष्ट पार्टि नेकपा दंगीशरण गाउँ पार्टि कमीटीले आज आईतबार दंगीशरणमा आयोजना गरेको पार्टि कमिटीको शपथ ग्रहन तथा प्रशिक्षण कार्यक्रममा प्रमूख अतीथीको आशनबाट बोल्दै उहाँले यस्तो बताउँनु भएको हो । उहाँले ऐतीहासीक हिसावले दंगीशरण गाउँपालीका परिचित रहेको कुरामा जोड दिदै अवका दिनमा समृद्ध दंगीशरण निर्माणका लागि आफुले केन्द्रमा पहल गर्ने बताउँनु भयो । कृषी,शिक्षा, स्वास्थ्यको तहमा परिवर्तन ल्याउनुपर्ने र एैतीहासीक गाउँपालीकाको रुपमा परिचित गराउँनुपर्ने बताउँनु भयो । लामो समयदेखि संघर्ष गरेर संघिय गणतान्त्रीक लोकतन्त्रमा आएको भन्दै समृद्ध नेपालको परिकल्पना गरेर पार्टि अगाडी आईपुगेको उहाँको जोड थियो । अव जनताको जिवन स्तर बदल्ने योजनाका साथ कम्यूनिष्ट पार्टि लागि परेको भन्दै सबैको साथ र सहयोगको अपेक्षा लीएको उहाँले बताउँनु भयो । सरकारले जनताले चाहेको जस्तो काम गर्न तत्काल नसकेपनि जनताले अनुभूती गर्नेगरि काम गर्ने र अप्ठ्यारा बाटाहरु सहज हुँदै जाने ठोकुवा गर्नुभयो । बिकाश निर्माणलाई अभियानका रुपमा लिएर आज सपथ खाएका पार्टीका प्रतीनिधीलाई आग्रह गर्नुभयो । संबिधान संसोधन गरेर भएपनि बिकाश निर्माणको नितीलाई लिएर पार्टि अगाडि बढेको उहाँले जनाउँनु भयो ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य भागवत बिश्वासीले दंगीशरण गाउँपालिकाको बिकास र समृद्धीका लागि केन्द्र बाट हुने कुनै पनि सहयोग गर्न पछाडि नहट्ने बताउनु भएको थियो । सो अवसरमा बोल्ने अन्य बक्ताहरुले प्रदेशले उत्तर कुमार वली सडक सुधार योजना अघि सारेको बताएका थिए । उनीहरुले उत्तर वलीले पश्चिमबासीका ले चाहेको सडक, सिचाई, खानेपानी जस्तो मुख्य योजनालाई सफल पार्ने तर्फ लाग्ने बताएका थिए । आज माननीय उत्तर वलीको निधन भएको १ महिना पूरा भएको अवसरमा नेकपाले आयोजना गरेको सपथ ग्रहन कार्यक्रममा उत्तर वलीको अनुपस्थितीले पश्चिमबासीको मनमा छाएको निरासालाई आशामा बदल्ने बताएका थिए । अवको नेकपाको मूख्य उद्धेश्य र लक्ष भनेको गरिवी उन्मुलन गर्न तर्फ लाग्ने र जनतालाई रोजगारमूखी बताउँने भन्दै नेकपा लागिपरेको बताएका थिए । नेकपाले नेतृत्व गरेर पश्चिम क्षेत्रको जीवन स्तरलाई बदल्ने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टिका निर्मल आचार्य ,नेकपा प्रदेश कमीटी सदस्य तथा कार्यदल सदस्य ईन्द्रजीत चौधरी, टिकाराम खड्का,सुवाष पुन, शिव कुमार आचार्य, भिम बहादुर वली, नेकपा सदस्य शारदा स्वर्णकार , राष्ट्रिय सभा सदस्य कोमल वली , नेकपाका नेता हुकुम बस्नेत, प्रतीनिधी सभा सदस्य हिरा चन्द्र के.सी, प्रदेश सभा सासंद माननीय धमकली चौधरी, तुल्सीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, यूवा नेता रोमर्ष के.सी,मनीराम चौधरी, भिम बहादुर वली महेश, नेकपा नेतृ सिमा न्यौपाने, विमला वली, दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, जेष्ठ नागरीक टिकाराम चौधरी लगाएतले सम्बोधन गर्नु भएको थियो ।
नेपाल कम्यूनिष्ट पार्टि नेकपा दंगीशरण गाउँ पार्टि कमीटीका अध्यक्ष भरत अधिकारीको अध्यक्ष्ता एंव केन्द्रीय सदस्य एंव ५ न. प्रदेश कमीटी सचिव जनप्रशाद शर्मा अपारको प्रमख आतीथ्यता तथा भागवत बिश्वासीको बिशीष्ट आतीथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल कम्यूनीष्ट पार्टिका केन्द्रिय सदस्य तथा ५ न. प्रदेश सचिव जग प्रशाद शर्माद्धारा दंगीशरण नेकपा गाउँ पार्टिका नेताहरुलाई सपथ ग्रहन गराईएको थियो ।
कार्यक्रममा मुलुकमा भएको जनआन्दोलन र जनयूद्धहरुमा शहीद भएका बेपत्ता भएका र घाइते योद्धाहरु सहिदहरु प्रती सम्मान ब्यक्त गर्दै अभिनन्दन पत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेकपाका यूवा नेता एमएन शाहले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको शहजीकरण दंगीशरण नेकपाका सचिव धनविर चौधरीले गर्नुभएको थियो ।

SPONSORED