जब माननीय काेमल वलीले रुवाइन

घोराही ।नेकपाकाे दाङ जिल्ला क्षेत्र नं.३ अन्तर्गत शान्तिनगर गाउँपालिकामा नेकपा गाउँपालिका कमिटी घाेषणा भइ सपथग्रहण कार्यक्रम भब्यरुपमा सम्पन्न भयाे ! सयौ जनसमुदायकाे उपस्थितिमा भएकाे घाेषणा सभामा जव माननीय काेमल वली बाेल्न सुरु गरिन सभामा सन्नाटा छाएकाे थियाे ! उनले सम्बाेधनकाे सुरुमा स्व.उत्तर अाेलिका बारेमा भन्न सुरु गरिन तव सबै उपस्थित जनसमुदाय रुन थाले ! यहाँ सम्म कि उनले स्व.अाेलीलाई अाईसियुमा राखेका बेला अाफुले महसुस गरेकाे पिडाबारे बताउँदा प्रमुख अतिथि जग प्रसाद शर्मा , विशिष्ट अतिथिहरु नेकपाका केन्द्रिय सदस्यहरु देखी सबै जनसमुदायले अाफुलाई थाम्न सकेका थिएनन् ! स्वयं राष्ट्रिय सभा सदस्यले अाफुलाई संहाल्न सकेकी थिईनन् !
त्यस अवसरमा वलीले राज्य र पार्टीले स्व.उत्तरकाे नामलाई अमर बनाउने कार्य गर्ने छ त्यस्कालागि अाफुले पुर्णरुपमा प्रयास गर्ने बताईन् ! कार्यक्रममा नेकपाका
केन्द्रीय सदस्य एवं ५ नम्बर प्रदेश कमिटी सचिव जग प्रसाद शर्माले नव नियुक्त सदस्यहरुलाई सपथ खुवाएका थिए । कार्यक्रम राम्राेसंग सम्पन्न भयाे । शान्तिनगरमा ७५ जनाकाे नेकपाले गाउँपालिका कमिटि गठन गरेकाे छ ।

SPONSORED