राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रायोजित विवादमा फसाएर सत्तारुढ दलहरुले गलत गरे–राष्ट्रिय सभा सदस्य अनिता देवकोटा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रायोजित विवादमा फसाएर सत्तारुढ दलहरुले गलत गरे–राष्ट्रिय सभा सदस्य अनिता देवकोटा 1

काठमाडौं, चैत ८ । नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद अनिता देवकोटाले संवैधानिक आयोगका अध्यक्षहरूको संसदीय सुनवाई र नियुक्तिमा सरकारले संवैधानिक विपरितका कार्य गरेको भन्दै आपत्ति जनाएकी छिन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद देवकोटाले संसदीय सुनुवाई विशेष समितिले मुस्लिम आयोगको अध्यक्षको सुनुवाई गर्न नसकेको भन्दै असन्तुष्टि जनाइन् ।

SPONSORED

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रायोजित विवादमा फसाएर सत्तारुढ दलहरुले गलत गरे–राष्ट्रिय सभा सदस्य अनिता देवकोटा 2

समिम अन्सारीलाई संसदीय सुनुवाई विशेष समितिलाई छलेर मुस्लिम आयोगको अध्यक्षमा बिहीबार सपथ गराइएको छ ।

SPONSORED

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रायोजित विवादमा फसाएर सत्तारुढ दलहरुले गलत गरे–राष्ट्रिय सभा सदस्य अनिता देवकोटा 3

‘संसदीय सुनुवाई विशेष समितिले मुस्लिम आयोगको अध्यक्ष सिफारिस गर्न सकेन । सत्तारुढ दलको बहुमत भएको समितिले आफ्नो काम गर्न सकेन । यसले गर्दा संसदको गरिमामा प्रश्न उब्जिएको छ’, उनले भनिन् ।

SPONSORED

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रायोजित विवादमा फसाएर सत्तारुढ दलहरुले गलत गरे–राष्ट्रिय सभा सदस्य अनिता देवकोटा 4

कांग्रेस सांसद देवकोटाले यति धेरै संवैधानिक आयोगको अध्यक्ष बनाउँदा पनि महिला अध्यक्ष नपरेको भन्दै आक्रोश जनाइन् ।

सांसद देवकोटाले दाङलाई शैक्षिक हब बनाउन माग गरिन् । ‘दाङलाई शैक्षिक हब बनाउनुपर्छ’, उनले भनिन्, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानन, महेन्द्र संस्कृत विश्व विद्यालय, आयुर्वेद विद्यालय लगायतलाई व्यवस्थित गरेर जानुपर्छ । कतिपय विद्यालयका कर्मचारीले तलव खान पाएका छैनन् । तलव दिनुपर्छ ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवादलाई मिलाउन नसकेको भन्दै कांग्रेस सांसद देवकोटाले आपत्ति जनाइन् । उनले भनिन्, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवादलाई प्रायोजित बनाइएको छ । यसको समस्या समाधान गर्न सरकारले चासो नदेखाउनु गम्भीर विषय बनेको छ, सत्तारुढ दलकै केन्द्रिय नेताहरु पुर्वाग्रही भएर बजेट पनि हालिएको छैन, ।’

सांसद देवकोटाले दाङमा नेपाली कांग्रेसको पालमा शुरु गरिएको सडक विस्तार र फराकिलो बनाउने एवम् अन्य विकासका कार्यक्रमहरूलाई पनि पूरा गर्नतर्फ सरकारको ध्यानाकर्षण गरेकी छिन् । कांग्रेसले शुरु गरेका कार्यक्रमलाई राजनीतिक पूर्वाग्रह नराखेर कार्यान्वयन गर्नुपर्ने उनको सुझाव थियो ।