राजपा नेपालको संयोजक शरदसिंह भण्डारी

राजपा नेपालको संयोजक शरदसिंह भण्डारी 1

काठमाडौं, ६ चैत । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्षमण्डलको संयोजकमा शरदसिंह भण्डारी चयन भएका छन् ।

राजपामा दुई–दुई महिनामा संयोजक परिवर्तन हुने विधानमा व्यवस्था छ । सोही व्यवस्थाअनुसार भण्डारी बुधबारदेखि राजपा नेपालको संयोजक बनेका हुन् ।

SPONSORED

राजपा नेपालको संयोजक शरदसिंह भण्डारी 2

 

SPONSORED

राजपा नेपालको संयोजक शरदसिंह भण्डारी 3

फागुन २९–३० र चैत १ गते काठमाडौंमा बसेको अध्यक्षमण्डलको बैठकले भण्डारीलाई संयोजक बनाउने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिएका छन् ।

SPONSORED

राजपा नेपालको संयोजक शरदसिंह भण्डारी 4

 

भण्डारीभन्दा अगाडि राजपा नेपालको संयोजक महिन्द्र राय यादव थिए । यसअघि महन्त ठाकुर र राजेन्द्र महतो संयोजक बनिसकेका छन् ।

 

राजपा २०७४ साल वैशाख ७ गते मधेसकेन्द्रित ६ दल मिलेर बनेको राष्ट्रियस्तरको तेस्रो दल हो ।

 

राजपाको प्रतिनिधि सभामा १७ सांसद थिए । सर्वाेच्चको फैसलापछि सांसद रेशम चौधरी निलम्बनमा परेपछि अहिले १६ सांसद र राष्ट्रिय सभामा २ सांसद छन् ।