ओलि सरकारले सिके राउतसंग सम्झौता गरेर इतिहासमै राष्ट्रघाति काम गर्यो–संविधानविद आचार्य

ओलि सरकारले सिके राउतसंग सम्झौता गरेर इतिहासमै राष्ट्रघाति काम गर्यो–संविधानविद आचार्य 1

‘हिजो संघीयता चाहीयो भनेर एउटा शक्ति लड्यो, आज फेरी त्यससंग छुट्टीएर अर्को शक्तिले संघीयता चाहीदैन भन्छ, भन्नुको तात्पर्य, नेपालि जनता अव फेरी संघीयता चाहीदैन भन्नुपर्ने अवस्था आयो’

घोराही, चैत ६ । संविधानविद डा. भिमार्जुन आचार्यले वर्तमान केपि शर्मा ओलि नेतृत्वको सरकारले सिके राउतसंग सम्झौता गरेर राष्ट्रघाति काम गरेको आरोप लगाएका छन् । विखण्डनवादको वकालत गर्दै आइरहेको सिके राउतलाई अदालत र सरकार मिलेर विखण्डनलाई प्रोत्साहीत गर्ने काम गरेको उनको जिकिर छ ।

कतिपयले ओलि सरकारको कामलाई विभिन्न प्रसं्रसायुक्त कुराहरु गरेपनि कुनै वेला सिके राउतसंगको सम्झौताले मुलुकमा विखण्डनवादको कुराहरुरुलाई राज्यले संस्थागत गरेको ठहर्नेसमेत बताए । मुलुकमा विदेशीहरुको चलखेल अत्याधीक बढेको भन्दै दलहरु विदेशीको इसारामा हिड्ने काम वाहेक अरु कुनै प्रगति नभएको उनले दावि गरे । ‘सिके राउतसंग ओलि सरकारले धेरै नै महत्व दिएर जुन तरीकाले राष्ट्रघाति काम भएको छ, यो अत्यन्तै गलत छ, कुनै समयमा यदि विखण्डनवादका कुराहरु आएभने त्यो समयमा यो राष्ट्रघाति सम्झौतावाट सुरु हुनेछ–उनले भने ।

SPONSORED

ओलि सरकारले सिके राउतसंग सम्झौता गरेर इतिहासमै राष्ट्रघाति काम गर्यो–संविधानविद आचार्य 2

आफुले विगतदेखी नै संघीयता मुलुकले धान्दैन भन्ने कुरा पुष्ट्रि हुँदै गएको भन्दै दशवर्ष गणतन्त्र, धर्म निरपेक्षता र संघियताका लागि दलहरु लडेको भएतापनि अहिले विप्लव नेतृत्वको समुहले संघीयतासहीतको विपक्षमा आफ्नो मत राख्दै गएकाले फेरी मुलुक ठुलो दुर्घटनामा फस्ने खतरा रहेको उनले औल्याए । विप्लव समुहका गतिविधि हिंसात्मक भएकाले त्यो वाटो गलत भएको भन्दै राज्यले त्यो शक्तिलाई दमन गरेर अघि बढ्ने कोसिस गरेपनि विदेशीले नेपालमा अशान्ति मच्चाउन प्रयोग गर्न सक्ने भएकाले यसमा सरकार र विप्लव माओवादिले सचेततापुर्वक ध्यान दिनुपर्ने उनको भनाई छ ।

SPONSORED

ओलि सरकारले सिके राउतसंग सम्झौता गरेर इतिहासमै राष्ट्रघाति काम गर्यो–संविधानविद आचार्य 3

SPONSORED

ओलि सरकारले सिके राउतसंग सम्झौता गरेर इतिहासमै राष्ट्रघाति काम गर्यो–संविधानविद आचार्य 4