पूर्व सामान्य प्रशासन मन्त्री शर्मा द्धारा बस दुर्घटना प्रति दुःख व्यक्त

पूर्व सामान्य प्रशासन मन्त्री शर्मा द्धारा बस दुर्घटना प्रति दुःख व्यक्त 1

दाङ ४ चैत्र । प्रतिनिधी सभा सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले सोमबार दाङमा भएको बस दुर्घटना प्रति दुःख व्यक्त गर्नु भएको छ । शर्माले रोल्पाबाट दाङ आउँदै गरेको बस दुर्घटनाको खबरले आफु अत्यन्तै दुखित बनाएको वताउँनुभयो ।सर्वसाधारण चढेको बस दाङको घोराही उप–महानगरपालिका १३ स्थित बाह्रकुने नजिक भएको दुर्घटना भएको खबरले मलाई निकै स्तब्ध र मर्माहत बनाएको छ उहाँले भन्नुभयो ।

दुर्घटनामा परी एक जनाको उपचारका क्रममा निधन भएको ,३१ जना घाईते भएको खबरले मलाई निकै भावविह्वल बनाएको छ उहाँले भन्नुभयो ।निकै दर्दनाक, अकल्पनीय दुर्घटनामा परी ज्यान गुमाउनेहरु प्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको उपचारमा कुनै कसर बाँकी नराख्न म सम्बन्धित सबैलाई विशेष अपील समेत गर्नु भएको छ ।

SPONSORED

पूर्व सामान्य प्रशासन मन्त्री शर्मा द्धारा बस दुर्घटना प्रति दुःख व्यक्त 2

SPONSORED

पूर्व सामान्य प्रशासन मन्त्री शर्मा द्धारा बस दुर्घटना प्रति दुःख व्यक्त 3