सुर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापाले परीवर्तनलाई स्विकार गरेर अघि बढनुपर्ने भन्दै फरक धार बनाउदै

सुर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापाले परीवर्तनलाई स्विकार गरेर अघि बढनुपर्ने भन्दै फरक धार बनाउदै 1

राप्रपा संयुक्तभित्र राणा र लोहनि हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा

सुर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापाले परीवर्तनलाई स्विकार गरेर अघि बढनुपर्ने भन्दै फरक धार बनाउदै 2घोराही, चैत ३ । राप्रपा संयुक्तका नेता सुनिल बहादुर थापाले परीवर्तनलाई आत्मसात गर्दै राप्रपा संयुक्त अघि बढ्ने बताएका छन् । उनले गणतन्त्र, धर्मनिरपेक्षता जस्ता परीवर्तनकारी शक्तिहरुको अगुवाईमा आएको उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्ने धारणा राखेका हुन् । सञ्चारकर्मिहरुसंगको कुराकानि पुर्वमन्त्रि थापाले आफुले पार्टिमा सुरुदेखी नै परीवर्तनलाई समेटेर जानुपर्ने र नयाँ ढंगको वातावारणमा पार्टिलाई हिडाउने कुरामा नेतृत्वले सोच्नुपर्ने धारणा राखे ।

पार्टिभित्र परीवर्तनलाई स्विकार गरेर जानुपर्ने विचार राखेपछि सो पार्टिमा थापाको भनाई अर्थपुर्णरुपमा हेरीएको छ । राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमसेर जवरा र डा. प्रकाशचन्द्र लोहनिले राजसंस्थासहीतको हिन्दु राष्ट्र नै पार्टिको एजेण्डा भएको बताइरहदा थापाले आफुलाई फरक धारको नेतृत्व गर्ने सो विचार अगाडि सारेका छन् । पुवृ प्रधानमन्त्रि स्व. सुर्यबहादुर थापाका सुपुत्र समेत रहेका उनले अव पार्टिले एउटा खुड्किला पार गरेर नै अर्को खुड्किला पार गर्न सक्ने भन्दै परीवर्तन स्विकार नगरेमा पार्टिलाई जनताले विश्वास नगर्ने पनि बताए । पुर्वप्रधानमन्त्रि स्व. थापाले पनि परीवर्तनलाई आत्मसात गर्नुपर्ने बताउदै आएका थिए ।

SPONSORED

सुर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापाले परीवर्तनलाई स्विकार गरेर अघि बढनुपर्ने भन्दै फरक धार बनाउदै 3

SPONSORED

सुर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापाले परीवर्तनलाई स्विकार गरेर अघि बढनुपर्ने भन्दै फरक धार बनाउदै 4