घोराहीका विर क्षेत्रीसहीत ३ सय बढि राप्रपा संयुक्तमा प्रवेश

घोराहीका विर क्षेत्रीसहीत ३ सय बढि राप्रपा संयुक्तमा प्रवेश 1

दाङ, चैत ३ । राष्ट्रिय प्रजातन्त्र पाटी (सयुक्त)का अध्यक्ष पुशपति सम्शेर राणाले नेपालको पहिचान हिन्दु राष्ट्र भएको बताएका छन । दाङको घोराहीमा आयोजित पार्टिका अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै अध्यक्ष राणाले नेपालको पहिचानका रुपमा रहेको हिन्दु राष्ट्रलाई नेपाली काग्रेस र क्युनिष्टहरुले फाल्ने काम गरेको बताए ।

विश्व समुदायमा नेपालको पहिचानका रुपमा रहेको हिन्दु राष्ट्र पुनःस्थापनाका लागि राप्रपा लागेको बताए । ‘नेपाल र नेपालीको पहिचान भनेको हिन्दु राष्ट्र हो,तर त्यो नेपाली काग्रेस र कम्युनिष्टवाट मास्ने काम भयो’,अध्यक्ष राणाले भने,‘जनताको चाहना अहिलेपनि हिन्दु राष्ट्र भएकाले आफुहरु हिन्दु राष्ट्र पुनःस्थापनाको आन्दोलनमा लागेको हाँैँ ।’ हिन्दु राष्ट्र निर्माणका लागि संगठनलाई दिगो र दरिलो रुपमा केन्द्रदेखि वडास्तरसम्म गठन गर्ने बताए ।

SPONSORED

घोराहीका विर क्षेत्रीसहीत ३ सय बढि राप्रपा संयुक्तमा प्रवेश 2

त्यस्तै अध्यक्ष राणाले अहिलेको सरकार भष्ट्राचारमा डुङडुङती गन्नाउने भएको बताएका छन । जनताले दुईतिहाईको सरकारवाट ठुलो परिवर्तनको आशा गरेपनि सरकार केन्द्रदेखि वडातहसम्म भष्ट्राचार विकेन्द्रीकरण गर्ने काममा संलग्न भएको बताए । अध्यक्ष राणाले वाइडवडी छानविनलाई अघि नबढाउनु, बुढी गण्डकीको बिना टेन्डर ठेक्का दिनु, ३३ केजी सुन प्रकरणका दोषीलाई कारवार्ही नगर्नुले सरकार भ्रष्ट्राचारमा संलग्न रहेको प्रष्ट हुने बताएका हुन । ‘यो २०४७ सालपछिको सवैभन्दा शक्तिशाली सरकार हो, यसले चाहे धेरै काम गर्न सक्छ’,उनले भने,‘ तर सरकार जनचाहना अनुसार काम गर्ने भन्दापनि भष्ट्राचारमा संलग्न हुने काम ग¥यो ।’ यहि कारण वर्तमान सरकार असफल भएको समेत उनको भनाई रहेको थियो ।

SPONSORED

घोराहीका विर क्षेत्रीसहीत ३ सय बढि राप्रपा संयुक्तमा प्रवेश 3

अध्यक्ष राणाले सरकारका गतिविधिका कारण अहिले मुलुक अप्ठेरो परिस्थितिमा परेको बताए । त्यस्तै राष्ट्रिय प्रजतान्त्र पार्टी सयुक्तका सहअध्यक्ष प्रकाशचन्द लोहनीले प्रजाान्त्रिक अभ्यासको नाममा अधिनायकवाद लाग्ने काम गरेको बताएका थिए । सो अवसरमा नेकपा, काग्रेस, नयाँ शक्ति पार्टि परीत्याग गरेर ३ सय ५ जना राप्रपा संयुक्तमा प्रवेश गरेका छन् । घोराहीका ब्यवसायि विर क्षेत्री लगायत विभिन्न ब्यक्तिहरु पार्टि प्रवेश गरेका हुन् । क्षेत्रीलाई राप्रपा संयुक्त अध्यक्षद्वय पशुपति शमशेर जवरा र डा.प्रकाशचन्द्र लोहनिले टिका लगाएर पार्टि प्रवेश गराएका थिए ।

SPONSORED

घोराहीका विर क्षेत्रीसहीत ३ सय बढि राप्रपा संयुक्तमा प्रवेश 4