प्रधानमन्त्री ओली भन्छन् :विप्लव समूह राजनीतिक दल होइन्, समूहले गरेका विध्वंसात्मक गतिविधि मात्रै प्रतिबन्ध

प्रधानमन्त्री ओली भन्छन् :विप्लव समूह राजनीतिक दल होइन्, समूहले गरेका विध्वंसात्मक गतिविधि मात्रै प्रतिबन्ध 1

विप्लव समूहलाई सरकारले चिन्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपि शर्मा ओलिले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन् ।

ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको बताए । ‘जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो, सरकारले चिन्दैन’, ओलीले भने ।

SPONSORED

प्रधानमन्त्री ओली भन्छन् :विप्लव समूह राजनीतिक दल होइन्, समूहले गरेका विध्वंसात्मक गतिविधि मात्रै प्रतिबन्ध 2

प्रधानमन्त्री ओलीले विप्लव समूह राजनीतिक दल नभएको उल्लेख गर्दै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधि मात्रै प्रतिबन्ध लगाइएको जनाए । विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन उनले नेताहरुलाई आग्रह गरे ।

SPONSORED

प्रधानमन्त्री ओली भन्छन् :विप्लव समूह राजनीतिक दल होइन्, समूहले गरेका विध्वंसात्मक गतिविधि मात्रै प्रतिबन्ध 3

‘नेपालका नेताजीहरुलाई आग्रह गर्न चाहन्छु, आफैँलाई जवाफ दिन नसक्ने कुराहरु नगर्नुहोस्, उनको पार्टी कहीँ दर्ता भएको थियो र ? दर्ता छैन । नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो’, उनले भने, ‘बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधिलाई धम्क्याउने । बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ? गम्भीर राजनीति गर्नुपर्छ ।’

SPONSORED

प्रधानमन्त्री ओली भन्छन् :विप्लव समूह राजनीतिक दल होइन्, समूहले गरेका विध्वंसात्मक गतिविधि मात्रै प्रतिबन्ध 4

प्रधानमन्त्री ओलीले संविधानविपरीत, कानुन विपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने स्पष्ट पारे । ‘नेपालमा शान्ति चाहियो कि चाहिएन ? वार्ता समिति बनाएको हो, गर्दिन भनेको होइन ?’, ओलीको प्रश्न छ, ‘सभ्य समाजले सुन्न सक्ने माग छ ? के–के माग छ ? सुन्न सक्ने छन् ?’