मुख्यमन्त्री पोख्रेलले गरे बौद्ध सम्पदा स्थलको निरीक्षण

मुख्यमन्त्री पोख्रेलले गरे बौद्ध सम्पदा स्थलको निरीक्षण 1

घोराही ।अहिलेसम्म जन्मेका चार बुद्ध मध्ये तीन बुद्ध शाक्यमुनि बुद्ध, क्रकछन्द बुद्ध र कनकमुनि बुद्ध प्राचीन कपिलवस्तुमा जन्मिए । ती बुद्ध जन्मिएको प्राचीन कपिलवस्तुको भाग अहिले नेपालमा पर्छ । शाक्यमुनी बुद्ध जन्मेको लुम्बिनीको विकासले अहिले बल्ल गति लिन थालेको छ, कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवा, क्रकछन्द बुद्धको जन्मस्थल गोटिहवा,शाक्यमुनी बुद्धले ज्ञानप्राप्त गरेपछि पहिलोपल्ट बुबा शुद्धोधनलाई भेटेको कुदान, शाक्यहरुको बध गरिएको सग्रहवाको योजनाबद्ध विकासको थालनी नभएको मात्रै होइन्, भएका संरचना पनि संरक्षण हुन सकेका छैनन् । सम्पदास्थललाई अहिलेसम्म किन अलपत्र छोडियो,अवलोकनपछि यस्ता अनेक प्रश्न खडा हुन्छन् ।
कपिलवस्तुमा बुद्धसंग सम्बन्धित सात महत्वपूर्ण सम्पदाको संरक्षण र विकास गरी पर्यटक आगमन कसरी बढाउन सकिन्छ भन्ने योजना बनाउन मुख्यमन्त्री शंकर पोखरेलले आज शनिवार कुदान, गोटिहवा, अरौराकोट निग्लिहवा सग्रहवाको स्थलगत निरीक्षण गर्नुभयो । तिलौराकोटको यस अघि नै निरीक्षण गरेकाले मुख्यमन्त्रीले अरु बाँकी रहेका स्थलको निरीक्षण गर्नुभएको हो । कपिलवस्तु खुला संग्रहालय भएको बताउँदै मुख्यमन्त्रीले संरक्षण गर्दै पर्यटन विकासमा लाग्ने बताउनुभयो । उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालयसंग मिलेर लुम्बिनी बाहेकका बौद्ध सम्पदाको विस्तृत अध्ययनका लागि प्रदेश सरकारले अनुसन्धानवृति दिने र अनुुसन्धानबाट प्राप्त प्रतिवेदनका आधारमा संरक्षण र विकासको कदम अघि बढाइने जानकारी दिनुभयो । उहाँले अहिलेसम्म संरक्षण हुन नसकेर जे जति नोक्सान भएपनि थप नोक्सान हुन नदिन र सम्पदा जोगाउन जागरुक बन्न स्थानीय बासिन्दालाई आग्रह गर्नुभयो ।
प्रदेश सरकार योजनाबद्ध विकासमा लागेको बताउँदै उहाँले सम्पदास्थलको विकासबाट पर्यटकीय विकास गर्न सकिने भएकाले सम्पदास्थलको विकासमा ध्यान दिदै अघि बढ्ने बताउनुभयो ।

SPONSORED

मुख्यमन्त्री पोख्रेलले गरे बौद्ध सम्पदा स्थलको निरीक्षण 2