दाङमा कम्युनिष्टले बिकास गर्दैनन्, अहिले चलिरहेका सबै योजना कांग्रेसकै अगुवाइमा भएका छन- दिपक गिरी

दाङमा कम्युनिष्टले बिकास गर्दैनन्, अहिले चलिरहेका सबै योजना कांग्रेसकै अगुवाइमा भएका छन- दिपक गिरी 1

तुलसीपुर, २ चैत ।
वर्तमान सरकारले विभिन्न विषयमा जनतालाई अस्पष्ट र अन्यौलतामा लगिरहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले बताएका छन् । सिके राउतसँगको ११ बुँदे सम्झौतादेखि विप्लवलाई प्रतिबन्ध लगाउनेसम्मका निर्णयले राष्ट्रलाई ठूलै क्षति पु¥याएको र सरकारबाटै अस्पष्टता बढाएको बताए ।

सिकेको ११ बँुदे, विप्लवका गतिविधिमा बन्देज गर्ने निर्णयसम्म सरकारले गलत र राष्ट्रको अहित हुने कार्य गरेको बताए । उनले सरकारले अहिलेसम्म गरेका कुनै पनि विषयमा स्पष्ट रुपमा राष्ट्रका लागि फाइदा हुने काम नगरेको आरोप लगाए । नेपाली काँग्रेस श्रीगाउँ गाउँ कार्यसमितिले शुक्रवार श्रीगाउँमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दे नेता गिरीले यस्तो बताएका हुन् ।

SPONSORED

दाङमा कम्युनिष्टले बिकास गर्दैनन्, अहिले चलिरहेका सबै योजना कांग्रेसकै अगुवाइमा भएका छन- दिपक गिरी 2

उनले सरकारले गरेका अहिलेसम्मका गतिविधि राष्ट्रलाई क्षति पुग्ने मात्रै गरेको बताए । गिरीले अब दाङ काँग्रेस एक ढिक्का भएर अघि बढ्ने बताए । काँग्रेसभित्र कुनै समस्या थिएन र छैन सबै नेता कार्यकर्ता एक भएर जानुपर्छ । काँग्रेस आफैमा एकतावद्ध भए आउने निर्वाचनमा काँग्रेस नै अग्रस्थानमा रहने बताए ।

SPONSORED

दाङमा कम्युनिष्टले बिकास गर्दैनन्, अहिले चलिरहेका सबै योजना कांग्रेसकै अगुवाइमा भएका छन- दिपक गिरी 3

काँग्रेसभित्र आन्तरिक मजवुतीकरण नै पहिलो प्राथमिकता भएको भन्दै यसको अगुवाई आफैले गर्नेसमेत दाबी गरे । पूर्व सांसद गेहेन्द्र गिरीले काँग्रेस अब एक भएर जाने बताए । गिरीले काँग्रेसको एकता नहुँदा नै दाङको लागि फाइदा हुने बताए । काँग्रेस एक ढिक्का भएमा दाङमा कम्युनिष्टले चुनाव जित्नै नसक्नेमा जोड दिए ।

SPONSORED

दाङमा कम्युनिष्टले बिकास गर्दैनन्, अहिले चलिरहेका सबै योजना कांग्रेसकै अगुवाइमा भएका छन- दिपक गिरी 4

कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले दाङमा काँग्रेसको एकता अहिले अनिवार्य सर्त बनेको बताए । उक्त अवसरमा पूर्व सिंचाई मन्त्री गिरीले आफू मन्त्री हुँदा गरिएको विकास योजना डिप बोरिङहरुको स्थलगत अवलोकनसमेत गरेका थिए । उनी सिंचाई मन्त्री हुँदा दाङका ८४ वटा बोरिङको योजना सुरु गरेका थिए ।