प्रदेश ५ मा अवसरै अवसर : मुख्यमन्त्री पोखरेल

प्रदेश ५ मा अवसरै अवसर : मुख्यमन्त्री पोखरेल 1

बुटवल चैत्र १ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले कर्मचारीहरुका लागि प्रदेशमा अवसरै अवसर भएको बताएका छन् ।
कर्मचारीहरुका लागि प्रदेशमा राजनितिक नेतृत्व र जनतासंगको सम्बन्ध नजिक हुनेमात्र होईन निति निर्माण गर्ने तहमा रहेर काम गर्ने अवसर हुंदा वृत्ति विकासमा समेत अवसर मिल्ने बताए ।
प्रदेशमा समायोजन भएर आएका अधिकृत स्तरका कर्मचारीहरुलाई निर्देशन दिंदै मुख्यमन्त्री पोखरेलले जहां बसेर जे काम गरेपनि त्यो राष्ट्रका लागि हो भन्ने हिसाबले काम गर्न सके १ वर्षभित्रमा काम हेर्नकै लागि केन्द्रबाट प्रदेशमा आउने वातावरण बनाउन सकिने बताए ।
मुख्यमन्त्री पोखरेलले एउटै राज्यभित्र प्रदेश र केन्द्रमा काम गर्ने कर्मचारीहरुका विचमा कुनैपनि विभेद नहुने भन्दै प्रदेशमा भन्दा केन्द्रमा सुरक्ष्ँित भईन्छ भन्ने मनोविज्ञानलाई हटाउन आग्रह गरे ।

मुख्यमन्त्री पोखरेलले सक्रियताले नै अस्तित्वको विकास गराउने भएकोले विधी र प्रकृया अन्तर्गत आफ्नो कामलाई प्रभावकारी बनाउन आग्रह गरे ।
उनले कतिपय कार्यालयहरुको गलत छविलाई सुधार गर्ने गरी काम गर्न पनि निर्देशन दिए ।
प्रदेशका प्रमुख सचिव डा. तिर्थ ढकालले बजेट कार्यान्वयनको लागि नतिजा देखिने गरी काम गर्न आग्रह गरे ।
प्रमुख सचिव ढकालले प्रदेशमा हरेक क्षेत्रमा काम गर्ने अवसर रहेको भन्दै कुनै एउटा क्षेत्रको विशिष्टिकृत ज्ञानलाई बढाउन पनि आग्रह गरे ।
प्रदेश ५ का सातवटा मन्त्रालय अन्तर्गत १ सय ४५ वटा कार्यालयमा ३ हजार ५८ कर्मचारी आवश्यक रहेको मुख्यमन्त्री कार्यालयका सचिव बसन्त अधिकारीले जानकारी दिए ।
जसमध्ये समायोजनको लागि अहिलेसम्म पत्र तयार भएका अधिकृत ६७ मध्ये ३९ जना, लेखा अधिकृत २३ मध्ये १९ र लेखापाल ७७ मध्ये ७६ जना आफ्नो कार्यक्षेत्रमा आईपुगेका हुन् । कुल ९१ जना अधिकृत मध्ये २४ जना यसअघि नै प्रदेश कार्यालयमा कार्यरत रहेका छन् ।

SPONSORED

प्रदेश ५ मा अवसरै अवसर : मुख्यमन्त्री पोखरेल 2

SPONSORED

प्रदेश ५ मा अवसरै अवसर : मुख्यमन्त्री पोखरेल 3